Nepal Times
Nepal Times
3
Shares

भोक चलचित्रमा अभिनय गरेका ८ वर्षीय प्रिन्सको चौतर्फी चर्चा

भोक चलचित्रमा अभिनय गरेका ८ वर्षीय प्रिन्सको चौतर्फी चर्चा

१३ भदौ, विराटनगर ।
८ वर्षीय प्रिन्स प्रसिद्ध सिंह थापाको प्रतिभाको यतिबेला चौतर्फी चर्चा भइरहेको छ । उनको अभिनय प्रतिभा देखेर दर्शक आश्चर्यचकित भएका छन् ।

उनी यतिबेला सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएका छन् । देश विदेशमा रहेका नेपाली समुदायमाझ उनको अभिनयको चर्चा हुने गरेको छ । बालकलाकार थापाले अभिनय गरेको फिल्म ‘भोक’ तयार भएको छ । जुन चलचित्र प्रदर्शनको तयारीमा छ ।

सडक बालबालिकाको कथामा आधारित चलचित्र प्रिन्सले टुहुरो बालकको अभिनय गरेका छन् । उनको अभिनयले जोकोहीको मन तान्छ । दर्शकलाई भावुक बनाउँछ । चलचित्र हेरिसकेपछि कमलो मन भएका दर्शक आँसु झार्न बाध्य हुन्छन् ।

अनिल बीडीआरले निर्देशन गरेको चलचित्रले सडक बालबालिकाको अवस्थालाई जस्ताको त्यस्तै उतारेको छ । सानो उमेरबाट नै अभिनयमा सक्रिय प्रिन्सले केही विज्ञान र म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । उनले कामसँगै घरबाट पाएको पकेटमनी बचाएर सडक बालबालिकालाई खर्च गर्दै आएका छन् ।

उनले बालबालिकाका लागि स्वस्थ खाना नैसर्गिक अधिकार भएको बताउँदै चलचित्रमा पनि सोही विषयलाई प्राथमिकताका साथ उठान गरिएको बताए । ‘सडक बालबालिकाले भोग्नु परेको पीडालाई चलचित्रमा देखाउने काम गरेको छु,’ प्रिन्सले भने, ‘अभियन गर्दा धेरै पटक आँसु झारेको छु ।’ पिन्स ३ कक्षामा अध्ययन गर्छन् । ‘साँच्चै प्रिन्सले दमदार अभिनय गरेका छन्,’ प्रिन्सका आफन्तसमेत रहेका कवि प्रकाश कार्की भन्छन्, ‘हुने विरुवाको चिल्लो पात भनेझैं उनको अद्वितीय प्रतिभा देखेर हामी खुसी छौं । देशका लागि उनी गहना भएर उपस्थिति हुने सम्भावना देखिएको छ ।’ चलचित्र भोक’लाई मोडेल तथा भिजे सबनम चौधरी’ले लेखेकी हुन् ।

उक्त चलचित्रलाई सडक बालबालिका’को यथार्थ कथा विषयवस्तुमा चित्रण गरेको चौधरीले बताइन् । यो सानो उमेरमा उनको कलाप्रतिको लगावको सबैले चर्चा गरिरहेका छन् । उक्त चलचित्रमा छायांकन सम्पादन अनिल बहादुर’को रहेको छ । प्रिन्सबाट प्रभावित भएर अन्य निर्देशकहरूले पनि अभिनयका लागि अफर गर्न थालेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.