तीन स्टार खेलाडी बिना पिएसजीको जित

१३ भदौ ७६, शनिबार

१३ भदौ, एजेन्सी ।

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले जित निकालेको छ । बहुचर्चित तीन स्टार खेलाडी नेयमार, केलियन एमबाप्पे र इडिन्सन काभानी बिना नै पिएसजीले शानदार जित निकालेको हो ।

बार्सिलोना फर्किने चाहमा रहेका नेइमारलाई सम्भावित बहिर्गमनका कारण प्रशिक्षकले खेलाएका छैनन् । यस्तै एडिन्सन काभानी र केलियन एमबाप्पे चोटका कारण मैदान बाहिर छन् । तर पनि शुक्रबार राति भएको खेलमा पिएसजीले मेट्जलाई २–० ले पराजित गरेको हो ।

Advertisement

अवे मैदानमा भएको खेलमा पिएसजीका लागि एन्जल डी मारिया र एरिक म्याक्सिम चुपो–मोटिङ्गले गोल गरेका हुन् । ११ औँ मिनेटमा पाएको पेनाल्टीमा डी मारियाले गोल गरेर पिएसजीलाई सुरुवाति अग्रता दिलाए ।

Advertisement

एरिकले ४३ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा नै पिएसजीले २–० को अग्रता लियो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र पिएसजी विजयी भयो ।

यो खेल होमोफोबिक ब्यानरका कारण केहीबेर रोकिएको थियो । मेट्जका समर्थकले होमोफोबिक ब्यानर प्रदर्शन गरेपछि खेल केहीबेरका लागि रोकिएको थियो ।

पछिल्लो तीन दिनमा फ्रेन्च लिग वानमा होमोफोबिक प्रदर्शनका कारण खेलमा केही समय प्रभाव परेको यो दोस्रो पटक हो । यसअघि निसको मार्सेइलीसँगको खेलमा पनि यस्तै घटना भएको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top