१८ भदौ, एजेन्सी ।
बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल ब्रेक्सिट) लाई मार्ग प्रशस्त गर्ने कानून पारित गराउने प्रयासमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन असफल भएका छन् । बेलायती प्रधानमन्त्रीका रुपमा जोन्सनले पाएको यो पहिलो असफलता हो ।
सत्तारुढ पक्ष ट्रोयका केही सांसद तथा विपक्षी सांसदले प्रधानमन्त्री जोन्सनले ल्याएको विधेयक पारित हुन नदिएका हुन्। हाउस कमन्समा भएको मतदानमा जोन्सनले ल्याएको विधेयकको पक्षमा ३०१ तथा विपक्षमा ३२८ मत परेको छ ।
यसको अर्थ अब इयुबाट बेलायतको बहिर्गनको मिति पछि सार्ने सम्बन्धी बिधेयक ल्याउने सकिने छ । संसदमा आफूले ल्याएको विधेयक असफल भएपछि प्रधानमन्त्री जोन्सनले चाँडै नै आम चुनावको घोषणा गर्न सक्ने बताएका छन् ।
लेबर पार्टीका नेता तथा संसदमा विपक्षी दलका नेता जेरोमी कोर्बिनले ब्रेक्सिटको मिति पछि सार्ने सम्बन्धी विधेयक सम्भावित चुनाव भन्दा पहिले नै पारित गर्नु पर्ने बताएका छन् ।