रवि लामिछानेको मुद्दामा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

भदौ १८, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणपछि ‘आत्महत्या दुरुत्साहन’ मुद्दा खेपिरहेका रवि लामिछानेले उच्च अदालत हेटौँडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।

Advertisement

आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा रिहा भएका लामिछाने र ३ लाख धरौटीमा रिहा भएका युवराज कँडेलले मंगलबार पुनरावेदनका लागि निवेदन गरेका थिए ।

न्यायाधीश टेकराज नेपालको इजलाशले चितवन अदालतमा रहेको सम्पूर्ण विवरण मगाउने आदेश गरेको हो। माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शाकिराम पुडासैनीको शव गत साउन २० गते चितवनको कंगारु होटेलमा फेला परेको थियो।

Advertisement

पुडासैनीले मृत्युअघि रेकर्ड गरिएको भनेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आफूलाई आत्महत्या गर्न बाध्य पारेको बताएका थिए। त्यही भिडियोको आधारमा प्रहरीले रवि, युवराज र अस्मितालाई पक्राउ गरेको थियो।

चितवन जिल्ला अदालतले थुनछेक बहसपछि रवि लामिछानेलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। लामिछानेसँगै हिरासतमा रहेको अर्का पत्रकार युवराज कँडेल तीन लाख र रुकु भनिने अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी थिइन्।

Advertisement

उक्त आदेशप्रति असन्तुष्टी जनाउँदै लामिछाने उच्च अदालत पुगेका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top