१९ भदौ, काश्मीर ।
काश्मीरमा संविधानको धारा ३७० खारेज गरेको एक महिनाको अवधिमा स्थानीय सयौं युवायुवतीको विवाह रद्द भएको छ ।
काश्मीर अहिले सुरक्षा निकायको घेरामा रहेकोले विवाहका लागि सहज वातावरण नभएर विवाह रद्द गरिएको स्थानीय बासिन्दाको भनाइसहितको भिडियो बीबीसीले सार्वजनिक गरेको छ ।
काश्मीरमा धारा ३७० खारेज गरिएपछि कतिपय भारतीयले काश्मीरको मामिला सुल्झिएको बताए पनि काश्मीरभित्र भने भित्रभित्रै असन्तुष्टि रहेको जनाइँदै आएको छ ।
त्यहाँ मानवअधिकार उल्लंघन भएको पश्चिमा मिडियाले बताउँदै आएका छन् । भारत र पाकिस्तानले आ–आफ्नो पक्षमा पार्न विश्वका विभिन्न मुलुकहरुसँग अहिले लबिङ्ग गरिरहेको बताइएको छ ।
काश्मीरमा नयाँ कदम चालिएको आज एक महिना भएको छ । गएको अगस्ट ५ तारिखका दिन भारत सरकारले काश्मीर प्रकरणमा संविधानको धारा ३७० खारेज गरेको थियो । (बीबीसी)