२० भदौ, एजेन्सी ।
भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा एक ७४ वर्षीया महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् । मंगयाम्मा नाम गरेकी ती महिलाले स्थानीय अहिल्या नर्र्सिङ होममा जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।
उनको पूर्वी गोदावरी जिल्लाका किसान यर्मसेट राजारावसँग ५७ वर्षअघि विवाह भएको थियो। सन्तानको चाहना पूरा गर्न मंगयाम्मा एक दशकदेखि उपचाररत रहेकी थिइन् ।