पोखरामा सापुको आतंक

२० भदौ ७६, शुक्रबार

२० भदौ, पोखरा ।

Advertisement

रातको समयमा ट्युवलाईट र बिजुली बत्ती, पर्दा, कपडा, झ्यालमा झुम्म भएर बस्ने सेतो पुतलीबाट सिजनल हाइपरएक्युट पानुभिआइटिस अर्थात सापु रोग लाग्छ । केहिदिन यता पोखरामा सेतो पुतली (सापु)को आतंक फैलिएको छ । यसको झुस आखाँमा पर्‍यो भने आखाँको ज्योतिसम्म गुम्ने चिकित्सकहरु बताउँछन् ।

रातको समयमा सडकका छेउछाउका बिजुलीका बत्तीमा देखिने सेतो पुतली आखाँमा पर्दा आँखाको ज्योति नै बन्द हुन सक्ने डा. ईलिया श्रेष्ठले बताइन् । केहि दिनदेखि पोखरामा देखिएको सेतो पुतलीको असरले दैनिक जसो ४—५ जना विरामी हिमालय आँखा अस्पतालमा आउने गरेका उनले बताइन् ।

Advertisement

यसका लक्षणहरुमा एक्कासी एउटा आँखा रातो हुनु, चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा कमी आउनु, दुखाई सामान्य भन्दा बढी हुनु, उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिने चिकित्सकहरु बताउँछन् ।

रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टाभित्र उपचार हुन नपाए आँखाको ज्योति गुम्न सक्ने डा. श्रेष्ठले बताइन् ।

Advertisement

पोखरासहित गण्डकी प्रदेशमा देखिएको सापुको प्रकोपबाट हिमालय आँखा अस्पतालमा आएका बिरामीमध्ये ३४ जना कास्कीका छन् । यो रोगबाट प्रभावित पर्वत, स्याङ्जा, बाग्लुङबाट पनि दैनिकजसो बिरामी आउने गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top