निक्की मिनाजले र्‍यापबाट सन्यास लिने घोषणा

१९ भदौ ७६, शुक्रबार

२० भदौ, एजेन्सी ।

अमेरिकन र्‍यापर निक्की मिनाजले बिहीवार गरेको एउटा ट्वीटले उनका फ्यानहरुलाई निकै चकित तुल्यायो।

सामाजिक संजाल ट्वीरका २० करोड फ्यानहरुलाई चकित पार्दै निक्कीले बिहीवार आफूले र्‍यापबाट सन्यास लिएको घोषणा गरेकी छिन्।

Advertisement

उनले परिवारलाई समय दिन चाहेको पनि बताएकी छिन्। यस घटनाले निक्कीका फ्यानहरु चकित मात्रै होइन दुखी पनि भए।

निक्कीले विहे गरेको अथवा आफू गर्भवती भएको केही पनि सार्वजनिक गरेकी छैनिन्। तर उनले गत जुन महिनामा प्रेमी केनेथ जु पेट्टीसँग विवाह गर्ने योजना बनाएको खुलाएकी थिइन्। साथमा उनले ट्वीटरको नाम पनि मिसेस पेट्टी राखेकी थिइन्।

Advertisement

१० वर्षअघि उनी पिंक फ्राइडेु एल्बमका साथ र्‍याप म्युजिकमा प्रवेश गरेकी थिइन्। उनी ६ वटा अमेरिकन म्युजिक अवार्ड जित्ने सीमित महिला र्‍यापरमध्येकी एक हुन्।

उनी अमेरिकन आइडलुकी विवादास्पद निर्णायक पनि बनेकी थिइन्। त्यस्तै उनी २०१६ मा विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेकी थिइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top