नेपाल टेलिकमले फोरजी/एलटिई सेवा अपग्रेड गर्ने

२१ भदौ ७६, शनिबार
Share this
687shares

२१ भदौ, काठमाडौं ।

Advertisement

नेपाल टेलिकमले फोरजी/एलटिई सेवा अपग्रेड गर्ने जनाएको छ। शनिबार राती ११ः३० बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा समस्या आउनसक्ने टेलिकमले जनाएको छ।

मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ।

Advertisement

टेलिकमले प्रविधिमा आएको परिवर्तनसँगै सेवाग्राहीलाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवाहरू उपलब्ध गराउने प्रयास गरिराखेको पनि उल्लेख गरेको छ। देशभर नै फोरजी/एलटिई सेवा विस्तार भइराखेको टेलिकमको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top