विश्वका अपराधीको अखडा बन्दै काठमाडौं, ४१ देशका १२ सय नागरिक नेपाली जेलमा

२२ भदौ, काठमाडौं । डिल्लीबजारको कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा हाल चार विदेशी थुनामा छन् । अमेरिका, बंगलादेश, यमन र जोर्डनका ती विदेशी फरक–फरक अपराधमा पक्राउ परेका हुन् ।

चारमध्ये अमेरिकी नागरिक नाथम माओवास्की अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका व्यक्ति हुन् । उनीविरुद्ध इन्टरपोलले समेत रेड नोटिस जारी गरेको थियो । बंगलादेशका मोहिन उद्दिन भारतीय पासपोर्ट बोकेर नेपाल हुँदै दुबई जाने क्रममा समातिएका हुन् ।

यमनका मोहम्मद अल कुरेली र जोर्डनका सेफ अडनन डिबाय खानी पर्यटक भिसामा नेपाल आएर अवैध रूपमा बस्दै आएका हुन् । कुरेली आफ्नो देशमा हिंसा बढेपछि पर्यटक भिसामा नेपाल आएका थिए । यसअघि नै एटिएम ह्याकिङ तथा नेपाली युवती तस्करीमा संलग्न दुई वटा चिनियाँ गिरोहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

Advertisement

नेपाल विदेशी अपराधीका लागि सहज ‘सेल्टर’ बनेको यी घटनाले पनि प्रस्ट पार्छ । उदार भिसा नीति, कमजोर नियमन प्रणाली, खुकुलो कानुन, पुरानो प्रविधिको प्रयोग तथा खुला सिमानाका कारण नेपाल विश्वका अपराधीको अखडा बन्दै गएको छ ।

४१ देशका १२ सय नागरिक नेपाली जेलमा
विभिन्न प्रकृतिका अपराधमा संलग्न एक हजार एक सय ९५ विदेशी नेपालको जेलमा छन् । त्यसमध्ये करिब आधा भारतीय रहेको कारागार व्यवस्था विभागका कामु महानिर्देशक वासुदेव घिमिरे बताउँछन् । बाँकी विश्वका ४० भन्दा धेरै देशका नागरिक छन् ।

Advertisement

जसमध्ये पाकिस्तान, भुटान, बंगलादेश, चीन, रसिया, बोलिभिया, सोमालिया, नाइजेरियालगायतका नागरिक धेरै रहेको घिमिरेले बताए । भारतीय नागरिक सबै किसिमका अपराधमा छन् । अफ्रिकी देशका नागरिक धेरैजसो ठगीमा समातिएका छन् । चिनियाँहरू सुन तथा अवैध डलर तस्करी मुद्दामा जेल परेका छन् ।

एक वर्षमा ६ सय विदेशी निष्कासित
आर्थिक वर्ष ०७५÷७६ मा अध्यागमन विभागले करिब ६ सय विदेशीलाई नेपालबाट निष्कासन गरेको छ । निश्चित समय नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ । जसमा सबैभन्दा धेरै चिनियाँ छन् । अध्यागमनसम्बन्धी कानुन उल्लंघन गर्ने र अन्य फौजदारी मुद्दामा पक्राउ परेर छुटेका विदेशीलाई विभागले निष्कासन गर्दै आएको छ । निष्कासितको संख्या हरेक वर्ष बढ्दै गएको छ ।

पाँच वर्षमा ३५ सय विदेशी पक्राउ
पाँच वर्षमा प्रहरीले दुई हजार नौ सय ४० विदेशी पक्राउ गरेको छ । त्यस्तै, अध्यागमन विभागले करिब पाँच सय विदेशीलाई पक्राउ गरी कारबाही गरेको छ । विगतका वर्षमा भारतीय बढी पक्राउ पर्ने गरेकामा पछिल्लो समय अर्को छिमेकी चीनसहित विश्वका विभिन्न देशका नागरिक पनि पक्राउ पर्ने गरेका छन् ।

गत आर्थिक वर्षमा मात्र नेपालमा सात सय ९७ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैभन्दा धेरै सार्वजनिक हितविरुद्धको कसुर र लागुऔषध मुद्दामा छन् । शान्ति–सुरक्षामा असर पुर्‍याउने गतिविधि गरेको आरोपमा एक सय ८४ तथा लागुऔषध मुद्दामा एक सय ७५ पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

७० जना चोरीमा, ५४ ठगीमा, २९ हातहतियार, १७ मानव बेचबिखन र १२ जना नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका छन् । त्यस्तै, ३९ जना बलात्कार, १५ जुवा, सात खोटाचलन र नौजना हत्या मुद्दामा पक्राउ परेका छन् । धर्म परिवर्तन, अपहरण, डकैती, आत्महत्या दुरुत्साहनजस्ता मुद्दामा पनि विदेशी पक्राउ परेका छन् । गत वर्ष विभिन्न अपराधमा जोडिएका ६४ विदेशी अहिलेसम्म प्रहरीको फरार सूचीमा छन् ।

आर्थिक वर्ष ०७४–७५ मा सात सय आठ, ०७३–७४ मा पाँच सय १९, ०७२–७३ मा चार सय ४९ र ०७१÷७२ मा चार सय ७१ विदेशीलाई प्रहरीले विभिन्न अपराधमा पक्राउ गरी मुद्दा चलाएको थियो । हरेक वर्ष नेपालमा पक्राउ पर्ने विदेशीको संख्या बढ्दो छ । यसबाहेक अध्यागमनसम्बन्धी अपराधमा गत वर्ष सयभन्दा धेरै विदेशीलाई अध्यागमन विभागले समेत पक्राउ गरेर कारबाही गरेको थियो ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, ‘विदेशीमाथि कडाइ शुरु भइसक्यो’

पछिल्लो समय विदेशी नागरिकहरू जसरी नेपालको भूमिमा आएर अपराध गरिरहेका छन्, त्यसमा हामी गम्भीर बनेका छौँ । अन्य देशमा अपराध गरेर नेपाल आउने र ट्रान्जिट बनाएर अन्य देश जाने गतिविधिमा पनि हामी सचेत छौँ ।

अहिले हामीले विदेशीको ट्रयाक रेकर्ड हेर्न थालेका छौँ । नेपाल आएका विदेशी फर्केर गए कि गएनन् भनेर हेर्ने सिस्टम हामीकहाँ छैन । अबको दुई महिनाभित्रमा यो सिस्टम सुरु हुन्छ । एक वर्षदेखि म यसैमा लागेको छु । शंकास्पद यात्रु कसैले बोकेमा एयरलाइन्सलाई समेत कारबाही गर्छाैँ । अध्यागमनले आगमनमै कडाइ गर्ने हो ।

शंका हुनेबित्तिकै विमानस्थलबाटै फर्काइदिने गरेका छौँ । अब विदेशीमाथि कडाइ गर्न थालेका छौँ । जुन देशले हामीलाई जस्तो व्यवहार गर्छ, हामी पनि त्यस्तै गर्छाैँ । पहिले जस्तो जोसुकैलाई भिसा दिँदैनौ । नेपालमा भिसा सजिलो छैन भन्ने सन्देश पनि दिन आवश्यक छ । पर्यटकको आवरणमा अपराधी नआओस् भन्ने हाम्रो उद्देश्य हो ।

प्रहरी सहप्रवक्ता एसएसपी उमेशराज जोशी भन्छन्–शंकास्पद विदेशीलाई पस्नै नदिने प्रयास गरेका छौँ

नेपालमा विदेशीको आपराधिक गतिविधिले अवश्य पनि चुनौती थपेको छ । त्यसैले शंकास्पद विदेशीलाई देशमा आउनै नदिन हामीले अध्यागमन विभागसँग पनि सहकार्य गरेका छौँ । जसअनुसार केही महिनाअघिदेखि इन्टरपोलको डाटाबेस अध्यागमनले पनि प्रयोग गर्दै आएको छ ।

कतिपय शंकास्पद विदेशीलाई ‘इन्ट्री रिफ्युज’ गरेर विमानस्थलबाटै फर्काइदिने गरेका छौँ ।
नेपालमा बस्ने विदेशीमाथि पनि प्रहरीले निगरानी गरिरहेको हुन्छ । अवैध रूपमा बस्दै आएका विदेशी पक्राउ गर्दै हामीले अध्यागमनमा समेत बुझाउने गरेका छौँ । अन्तरदेशीय अपराध अनुसन्धानमा पनि प्रहरीको क्षमता वृद्धि हुँदै गएको छ ।

बाल यौन दुराचारसम्बन्धी अपराध अनुसन्धानमा नेपालले पाएको सफलताको अन्तर्राष्ट्रिय रूपमै प्रशंसा भएको छ । एटिएम ह्याकर पनि भाग्न नपाउँदै समातिएका छन् । अपराध नियन्त्रण गर्न प्रहरी सक्षम छ । नयाँ पत्रिका दैनिकबाट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top