डेंगु नियन्त्रणका लागि कांग्रेसले माग्यो कार्ययोजना

२१ भदौ ७६, आइतबार

२२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले डेंगु रोग नियन्त्रणका लागि तत्काल ठोस योजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेकी हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले ७० हजार भन्दा बढि नागरिकलाई सो रोगको संक्रमण हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्दै त्यसबारे ठोस योजना बनाएर संसदमा पेश गर्न सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महराको पनि गम्भिर ध्यानाकर्षण गराइन् ।

कांग्रेस सचेत भुसालले जनस्वास्थ्यसँग जोडिएका यस्ता विषयमा सरकार किन गम्भिर नभएको ? भनि प्रश्न पनि गरिन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेक्टर कन्ट्रोल नियन्त्रकहरुको पद खारेज गरेर हालसम्म पनि डेंगु नियन्त्रणका लागि गाउँगाउँ चिकित्सकहरुको टोली परिचालन हुन नसकेको भन्दै आपत्ति पनि जनाइन् ।

त्यसैगरी कांग्रेसकी अर्की सांसद डिला संग्रौलाले पनि डेंगु रोगको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिन् ।

चिकित्सकहरुका अनुसार हाल सो रोगको संक्रमणमा परी ३ हजार ५ सय ८० जना विरामीहरु अस्पतालमा भर्ना भएका छन् । त्यसै गरी सो रोगको संक्रमणबाट ४ जनाको ज्यान गईसकेको छ ।

सांसद संग्रौलाले महामारीको रुपमा फैलिन लागेको सो रोगको नियन्त्रणका सरकार गम्भिर नभएको आरोप पनि लगाइन् ।

बैठकमा सत्तारुढ दल नेकपाका सांसद दामोदर भण्डारीले बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा चितुवाको आतंकबाट हालसम्म २४ जनाको ज्यान गएपनि सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै आपत्ति जनाएका थिए । उनले सो गाउँपालिकामा चितुवाको आतंक कम गरेर जनताको जीवन रक्षाका लागि पहल गर्न सरकारको गम्भिर ध्यानाकर्षण पनि गराए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top