एनसेल कर प्रकरण संसदमा, पशुपतिमा राष्ट्रिय गान बजाउने निर्णयको विरोध

२१ भदौ ७६, आइतबार

२२ भदौ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका सांसद हृदयेश त्रिपाठीले न्यायोचित रुपमा कर निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

Advertisement

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले प्रतिव्यक्ति आयको अनुपातमा नेपाल करको दरमा सर्वाधिकमा पर्ने भन्दै उनले औचित्यपूर्ण करको व्यवस्था गर्न माग गरे ।

न्यायलयका दुईथरि निर्णयका कारण ठूलो मात्रामा राजश्व संकलन प्रभावित बनेको उल्लेख गर्दे उनले एनसेलबाट कर असुली गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

Advertisement

जनताबाट संकलित राजश्व विकास खर्चमा नलगाएर साधारण खर्चमा प्रयोग गर्दा सरकारको लोकप्रियता संगै करको औचित्यमाथि पनि प्रश्न उठ्ने गरेको भन्दै उनले संकलित कर विकास खर्चमा प्रयोग गर्ने व्यवस्था मिलाउन माग गरे ।

सिमा क्षेत्रमा भारतबाट आउने गाडीलाई दिदै आएको सुविधा कटौति गर्ने काम गरिएकोमा पनि उनले आपत्ति जनाए । अनलाईनको नाममा त्यस्ता सवारी साधनलाई दिदै आएको सुविधा कटौती गर्ने कानुन सर्वसाधरणमाझ मुल्य वृद्धि र सामाजिक सद्भाव विथोल्ने कानुनको रुपमा देखिएको आरोप पनि उनले लगाए ।

Advertisement

सांसद भिमसेनदास प्रधानले पशुपतिनाथको आरती कार्यक्रम भन्दा अगाडि नेपालको राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था समग्र धर्म, परम्परा तथा संस्कृतिविरुद्ध भएको भन्दै निर्णय पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराए ।

पशुपति आर्यघाटमा आरती मात्रै नभई दाहसंस्कार गर्ने मलामी तथा किरीयापुत्रीहरु पनि हुने भएकाले दुखको समयमा रहेका र दाहसंस्कारमा रहेकाहरुले राष्ट्रिय गान बज्दा सम्मानार्थ उभिन नसक्ने भन्दै उनले सरकारको निर्णयले राष्ट्रिय गानकै अनादर गरेको टिप्पणी गरे ।

सरकारका पछिल्ला निर्णयले पञ्चायतको पुनरावृत्ती जस्तो देखिएको भन्दै उनले जहाँ पायो त्यहाँ राष्ट्रिय गान बजाएर राष्ट्रिय गान प्रति सम्मान भन्दा अपमान हुने र गरिमा घटाउने काम हुने भन्दै त्यस तर्फ सरकारलाई सचेत गराए ।

केही दिन अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिको आरती अगाडि राष्ट्रिय गान बजाउनुपर्ने भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top