२४ भदौ, काठमाडौँ ।
नेपाल आयल निगमले डिजेलरमट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।
मंगलबार दिउँसो १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुईरदुई रुपैयाँ घटाइएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।
मूल्य घटेसँगै प्रतिलिटर डिजेल–मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ। निगमले हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
