पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन लगत्तै मोदीको ट्वीट

२४ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहुप्रतिक्षित अन्तरदेशीय मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना तोकिएको समय अगावै निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् ।

 

Advertisement

यो परियोजनाको उद्घाटन लगत्तै ट्वीट गरेर मोदीले आफ्ना समकक्षी केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उनले यो कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका हुन् ।

Advertisement

अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर उद्घाटन गरेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताएका छन् ।

दक्षिण एसियाकै पहिलो क्रस बोर्डरका रुपमा रहेको पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्त रुपमा स्विच थिचेर उद्घाटन गरेका हुन् ।

२०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार पाइपलाइन निर्माण भएको हो । पाइपलाइनको २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर शिलान्यास गरिएको थियो ।

७० किलोमिटर लामो पाइपलाइनमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको छ । सुरुमा भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भए पनि अहिलेसम्म भारतले मात्रै खर्च गरेको छ । अहिलेसम्म भारतले २ अर्ब २५ करोड भारु खर्च गरेको छ ।

पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउने निगमले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top