काठमाडौंमा नेपाल प्रहरीका ३ भवन एकसाथ शिलन्यास

२३ भदौ ७६, मंगलबार

भदौ २४, काठमाडौं । नेपाल प्रहरीले महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाण्डौ र बहुउद्देश्यीय भवनको एक साथ शिलन्यास गरेको छ ।

मंगलबार आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले टेकूमा महानगरीय अपराध महाशाखा, भद्रकालिमा महानगरीय प्रहरी परिसर काठमाण्डौ र नेपाल पुलिस क्लबमा बहुउद्देश्यीय भवन निमार्णको शिलन्यास गरेका हुन् ।

Advertisement

 

२०७२ सालको महाभुकम्पले हनुमानढोकास्थित महानगरीय प्रहरी परिसरको भवन भत्काएपछि प्रहरीले कहिले त्रिपाल मुनि त कहिले टेकूमा रहेर सेवा प्रदान गर्दे आएको थियो । अब भने आधुनिक र सुविधा सम्पन्न भवन बनाउन लागिएको हो ।

Advertisement

तीनवटै स्थानमा भवन निर्माणको शिलन्यास पछि नेपाल पुलिस क्लवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रहरी महानिरीक्षक खनालले राष्ट्रले सुम्पेको जिम्मेवारी अक्षरस पालना गर्न मातहतलाई निर्देशन दिए ।

जिम्मेवारी निर्वाह गर्ने क्रममा कहिलेकाहीँ मिलिभगत देखिने गरेको उल्लेख गर्दे उनले सरकारको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्दै पारदर्शीता र सुशासन कायम गर्ने सवालमा अहोरात्र खटिनुपर्नेमा पनि सचेत गराए ।

प्रहरीको काम कारवाही पारदर्शी बन्न नसक्दा प्रहरीमाथि नै जनताको भरोसा र विश्वास टुट्ने भएकाले आफ्नो जिम्मेवारीमा सधै सचेत र सजग हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक ईं.लोकेश चन्द्र सिंहले तीनवटै भवनहरु अत्याधुनिक सुविधासम्पन्न बनाईनुको साथै २ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको बताए । टे

कूमा ९ रोपनी क्षेत्रफलमा बनाउन बनाउन लागिएको महानगरीय अपराध महाशाखाको भवन ७५ हजार स्क्वायरफिटको हुने छ भने भद्रकालिमा निर्माण गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमण्डौको भवन १२ रोपनी क्षेत्रफलमा १ लाख ७२ हजार स्क्वायर फिटको हुने प्रहरी नायव महानिरीक्षक सिंहले जानकारी दिए ।

त्यसैगरी नेपाल पुलिसको बहुउद्देश्यीय भवन ७ सय ५० जनाको क्षमताको हल सहित विभिन्न कन्फरेन्स हलहरु समेत रहने छन् । सबै भवनहरु भुकम्पप्रतिरोधी हुनुको साथै वातावरण मैत्री हुनेछन् भने विषयगत निकायहरुका भिन्ना भिन्नै चेम्बर पनि बनाईने भएको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top