पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

२५ भदौ ७६, बिहीबार

२६ भदौ, रुकुमपश्चिम ।

मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ ।

बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो ।

Advertisement

विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top