×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

डेंगुका कारण सरकारविरुद्ध सत्तारुढ सांसद नै आक्रोशित

२६ भाद्र २०७६

२६ भदौ, काठमाडौं । सत्तारुढ दलकै सांसदहरुले डेंगु संक्रमण नियन्त्रणमा सरकार संवेदनशील नबनेको भन्दै संघीय संसदको प्रतिनिधिसभामा सरकारको चर्को आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै नेकपाका सांसद कृष्ण गोपाल श्रेष्ठले डेंगु संक्रमणको भयबाट जनता आतंकित बन्दा पनि सरकार गम्भीर नबेनेको भन्दै यसबारे सत्यतथ्य सदनलाई जानकारी गराउन स्वास्थ्यमन्त्रीलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।

Advertisement
Advertisement

प्रतिनिधिसभाका बैठकको शुन्य र विशेष समयमा डेंगु संक्रमण नियन्त्रणका बारेमा आफुहरुले उठाउदै आएको आवाजको सुनुवाई नभएको भन्दै आक्रोशित बनेका सांसद श्रेष्ठ रुलिङ नभए आफुले विरोध जनाईरहने भन्दै सभामुखलाई रुलिङका लागि दबाब दिएका थिए ।

उनले भने “डेंगु डेंगु भनेर कराउँदा कराउँदै थाकिसक्यौ । सभामुख महोदय , डेंगुको बारेमा यो सरकार बोल्दैन । अमेरिकाको सरकारले बोल्दियो । अमेरिकनहरु नेपालमा डेंगु आतंक छ नजानु । भएका अमेरिकन नागरिकहरु नेपालमा सचेत रहनु । यो भन्दा लाजमर्दो कुरा के हुन्छ सभामुख महोदय ?

नेकपाकै अर्का सांसद खगराज अधिकारीले पनि डेंगु प्रकोप हो या महामारी भन्ने स्पष्ट पार्न सरकारसंग माग गरे । डेंगुको संक्रमण बढ्दै जाँदा पनि सरकार, स्वास्थ्य मन्त्रालय, इमिडियोमियोलोजी महाशाखा लगायत सम्बन्धीत निकाय गम्भीर बन्न नसकेको भन्दै उनले तत्काल सर्वसाधरणमा फैलिएको डेंगु सक्रमणको भय समाप्त गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले डेंगुको प्रकोपले महामारीको रुप लिईसक्दा पनि सरकारले समस्या समाधानका लागि ठोस पहल नगरेबाट सरकार जनताको स्वास्थ्यप्रति गम्भीर नभएको आरोप लगाइन् ।

सांसदहरुले सदनलाई डेंगुको यथार्थ विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकषर्ण गराएपछि सभामुख कृष्णबहादुर महराले सरकार र स्वास्थ्य मन्त्रालयलाई रुलिङ्ग गरेका थिए ।

Advertisement

केही दिनदेखि संघीय संसदका दुवै सदनको बैठकको विशेष र शुन्य समयमा डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नका लागि सरकारको ध्यानाकर्षण गराउदै यथार्थ विवरण सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top