राष्ट्रिय विज्ञान दिवसको तयारी सुरु

२६ भदौ ७६, शुक्रबार

२६ भदौ, काठमाडौं । सरकारले ‘सातौं राष्ट्रिय विज्ञान दिवस’ भव्यताका साथ मनाउने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असोज १ गते काठमाडौंमा सो दिवस भव्यताका साथ मनाउने तयारी गरिएको जानकारी गराएको हो ।

विज्ञान र प्रविधिको क्षेत्रको विकास हुनेगरी आवश्यक छलफल हुने गरी यस वर्षको विज्ञान दिवस भव्यताका साथ मनाउने तयारी गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसीले जानकारी दिए ।

त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ । सो दिवसलाई भव्यताका साथ सफल बनाउन बिहीबारबाटै देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सो दिवसलाई भव्यताका साथ मनाउन सबै प्रदेश र स्थानीय तहलाई पत्रचार भईसकेको पनि जनाएको छ । सरकारले यस वर्ष विज्ञान र प्रविधिको विकास गरेर मुलुकको आर्थिक– सामाजिक रुपान्तरणको कामलाई तीव्रता दिने मूल उद्देश्यका साथ विज्ञान दिवसलाई मनाउने तयारी गरेको छ ।

सचिव विसीले सो दिवसलाई भव्यताका साथ मनाएर नेपालको विज्ञान र प्रविधिको विकासमा आवश्यक सहयोग पु¥याउन पनि सबैलाई आह्वान गरे ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top