असोज ५ देखि दशैंको अग्रिम बस टिकट

२६ भदौ ७६, शुक्रबार

२६ भदौ, काठमाडौं । दशैंका लागि आगामी असोज ५ गतेदेखि अग्रिम बस टिकट खुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको हो ।

तर, यस वर्षको दसैंको टिकटमा भाडादर भने नबढाइएको पनि यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनु भयो ।

दसैंका लागि अग्रिम बस टिकटमा भाडा दर नबढाउने पनि निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यस वर्ष दसैंको घटस्थापना असोज १२ गते परेको छ भने असोज १८ गते फूलपाती, १९ गते अष्टमी, २० गते महानवमी र २१ गते विजया दशमी पर्छ ।

बैठकमा यातायात व्यवसायीहरुले सडक तत्काल सुधार गर्न भने सरकारसँग माग गरेका छन् ।

दसैंका लागि दुर दराजसम्म यात्रुहरु पुग्नुपर्ने भएकाले वर्षाका कारण क्षति पुगेका सडक सुधारको कामलाई भने तत्काल अघि बढाउन सरकारसँग माग गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

दसंैमा यात्रुहरुलाई सहजताका साथ यात्रा गर्न आवश्यक व्यवस्था मिलाउन काठमाडौंमा मात्रै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने तयारी पनि गरिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top