इन्टेग्रीटी आइकनका लागि ५ जना छनौट, भोटिङ लाइन खुल्ला

२६ भदौ ७६, शुक्रबार

२६ भदौ, काठमाडौं । इन्टेग्रीटी आइकन नेपालको छैठौं संस्करण इन्टेग्रीटी आइकन नेपाल २०१९ का उत्कृष्ट पाँचको नाम सार्वजनिक गरिएको छ ।

यस वर्षको उत्कृष्ट पाँचमा बन तथा वातावरण मन्त्रालय, योजना सहजिकरण शाखा प्रमुख ज्ञानेन्द्रकुमार मिश्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाण्डौंका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी, चुलाचुली गाउँपालिका, इलामका प्रमुख प्रशासकीय अधिकृत काजिमान राई, श्री भानु माध्यामिक विद्यालय, दुम्सीचौर,तनहुँका शिक्षक प्रेमबहादुर दरै र जिल्ला अस्पताल मुगुका सिनियर अ.न.मी. पुण्य प्रभा देवकोटा रहेका छन् ।

मनोनयमा परेका मध्ये उत्कृष्ट पाँच जनाको नाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक समितिले छनौट गरेको हो । सन् २०१४ बाट ईन्टग्रिटी आईडल बाट सञ्चालनमा रहेको अभियानको नाम परिवर्तन भई यस वर्ष देखी ईन्टेग्रिटी आईकनको नामबाट नियमित सञ्चालनमा रहनेछ ।

यस वर्ष ईन्टेग्रिटी आईकन नेपाल २०१९ कालागि ७ डिसेम्बर २०१८ बाट सुरु भई ३० मार्च २०१९ सम्म करिव चार महिनाकालागि मनोनयन खुला गरिएको थियो । जस अन्र्तगत देशका ७४ जिल्लाबाट ११९० (एघार सय नब्बे) वटा मनोनयन प्राप्त भएका थिए ।

अन्तिम पाँच मध्ये एसएमएस र वेबसाईटबाट प्राप्त जनताको मतका आधारमा निर्णायक समितिको इन्टेग्रिटी आईकनको छनौट गर्नेछन् । एसएमएस र वेवसाईटबाट भोटिङका लागि उत्कृष्ट पाँचजनालाई बेग्ला बेग्लै भोटिङ कोड निर्धारण गरिएको छ । ज्ञानेन्द्र कुमार मिश्रकालागि भोटिङ कोड १, ईश्वर सुवेदीकालागि २, काजिमान राईकालागि ३, प्रेमबहादुर दरैकालागि ४ र पुण्य प्रभा देवकोटाकालागि ५ निर्धारण गरिएको छ ।

भोट गर्नका लागि मोबाईलको म्यासेज बक्समा गएर क्ष्क्ष्ल् टाइप गरी एक स्पेस दिएर आफुलाई चित्त बुझेको ब्यक्तिको भोटिङ कोड लेखि ३४००१ मा पठाउन सकिने छ । त्यसैगरी भोटिङ http://www.integrityicon.org/voting मा गएर पनि गर्न सकिने छ । भोट गर्ने अवधि भाद्र २६ गतेदेखि असोज ४ गते शनिबार राति १२ बजेसम्म खुल्ला रहने छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top