बेलायती प्रधानमन्त्री जोनसनमाथि झुट बोलेको आरोप

२७ भदौ ७६, शुक्रबार

२७ भदौ, एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजावेथकै सल्लाहमा संसद निलम्बन गरेको स्पष्ट पारेका छन् ।

Advertisement

स्कटल्याण्डको एक अदालतले संसद निलम्बन गर्नु गैरकानूनी भएको फैसला सुनाएलगत्तै प्रधानमन्त्री जोनसनको यस्तो प्रतिक्रिया आएको हो ।

संवाददाताहरुसँग आफूले निलम्बनबारे झुट नबोलेको स्पष्ट पारेको बिबिसीले जनाएको छ । प्रधानन्त्री जोनसनले उक्त अदालतले गरेको निर्णयको सम्मान गरेको बताएका छन् ।

Advertisement

उनले इङल्याण्डको उच्च अदालत आफूहरुसँग सहमत भएपनि उच्च अदालतको फैसला आउन बाँकी रहेको स्पष्ट पारेका छन् ।

पाँच हप्ताका लागि निलम्बन गरिएको बेलायतको संसद अक्टोबर १ देखि मात्र सुचारु हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top