ओलम्पिक कमिटीमा फेरि जीवनरामको बर्चश्व

२७ भदौ ७६, शनिबार

२८ भदौ, काठमाडौं ।

नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा जित हासिल गर्दै जीवनराम श्रेष्ठ पुनस् अध्यक्ष चुनिएका छन् ।

उनले उमेशलाल श्रेष्ठलाई पराजित गर्दै दोस्रो कार्यकाल सुरक्षित गरेका हुन् । जीवनरामले १७ मत ल्याउँदा उमेशलालको खातामा १० मतमात्र पर्यो। जीवनराम श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सांसद पनि हुन् ।

Advertisement

त्यस्तै निलेन्द्रराज श्रेष्ठले पुरेन्द्र विक्रम लाखेलाई पराजित गर्दै महासचिवमा निर्वाचित भएका छन्। श्रेष्ठले १५ मत ल्याउदा लाखेले १२ मत ल्याएका हुन्। त्यस्तै, सचिवमा दीपकहर्ष बज्राचार्य, रामजीबहादुर श्रेष्ठ, तुलसी थापा सचिवमा विजयी भएका छन्।

त्यस्तै सदस्यहरुमा दीर्घबहादुर केसी, प्रकाश शमशेर राणा, टासी घले, रमेश शिवाकोटी, गोपाल सुन्दरलाल कक्षपाती, होमबहादुर दोङ र राम अवाले ओलम्पिक कमिटी सदस्यमा निर्वाचित भएका छन्।

Advertisement

सबै भन्दा बढि प्रतिस्पर्धा रहेको थियो ५ जनाको पद रहेको उपाध्यक्षमा ८ जनाको उम्मेद्वारी परेको थियो। उपाध्यक्षको उमेद्वारमा लन टेनिसकी ज्योति राणा, पौडीका अशोकमान बज्राचार्य, सुटिङका पुष्पदास श्रेष्ठ, ह्यान्डबलका तेज गुरुङ, फेन्सिङका सुनिल श्रेष्ठ, टेबल टेनिसका चतुरानन्दराज वैद्य, र्याफटिङ एन्ड क्यानोइङका राजीव श्रेष्ठ, कुस्तीका समिम मिया अन्सारी रहेका थिए।

त्यस्तै, महासचिवमा कराँतेका पुरेन्द्र विक्रम लाखे र निलेन्द्रराज श्रेष्ठ चुनावी मैदानमा रहेका थिए । एनओसीको सचिवका लागि राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव समेत रहेका उसु संघका अध्यक्ष केशवकुमार विष्ट, संघीय सांसद तथा नेपाल कबड्डी संघकी प्रतिनिधि तुलसी थापा, जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्य र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ रहेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top