जहाज कुराउँछन् नेता

३० भदौ, काठमाडौँ । मनाङको हुम्देसम्म नियमति उडान थाल्ने भन्दै गत शुक्रबार गण्डकी प्रदेश सरकारले समिट एयरको जहाज चार्टर गर्यो ।

पोखराबाट हुम्देका लागि उडेको उक्त जहाजमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङ गुरुङ लगायत १५ जना सवार थियो ।

पोखरा विमानस्थलबाट बिहान ८ बजेर ३४ मिनेटमा उडेको जहाज हुम्दे अवतरण गर्दा ८ बजेर ५८ मिनेट भएको थियो ।

Advertisement

पोखरादेखि ४९ नटिकल माइल (९०.७४ किमी) टाढाको हुम्दे सामान्य अबस्थामा १६ देखि १८ मिनेटमा पुगिने भए पनि त्यो दिन खराब मौसमका कारण २४ मिनेट लागेको थियो ।

१८ सिट क्षमताको ९ एन–एएमजी कलसाइनको जहाज उडाएका क्याप्टेनद्वय एडी शेर्पा र टी लामाले हुम्दे अवतरणपछि सुरुमै नेताहरुलाई सुझाएका थिए, ‘मौसम खराब छ, २० मिनेटभन्दा बढी ढिला नगरिदिनुहोला ।  मौसम बिग्रियो भने समस्या आउन सक्छ ।’

Advertisement

क्याप्टेनद्वयले चिसोको कारण जहाजमा समस्या आउनसक्छ भनेर एउटा इन्जिन बन्द गरेर अर्को इन्जिन चालू अवस्थामै राखे । तर, औपचारिक कार्यक्रममा मस्त भएका नेताहरुले एक घण्टा २० मिनेट बितिसकेको पत्तै पाएनन् ।

‘हामीले बारम्बार ढिला भयो, छिटो गरिदिनुपर्यो भनेर आग्रह गर्दा पनि उहाँहरुले मान्नुभएन, हुन्छ भन्ने जवाफ मात्र दिनुभयो,’ जहाजमै गएका एकजना अधिकारीले भने, ‘मौसम बिग्रिँदा पाइलटद्वय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी तनावमा हुँदा पनि नेताहरुले पूरै वेवास्ता गरे ।’

जसोतसो कार्यक्रम सकिएर जहाज उड्दा १ घण्टा २० मिनेट पुगिसेको ती पदाधिकारीले बताए । उनका अनुसरा पोखरा फकिँदा जहाजलाई झनै बढी समय लाग्यो ।

१० बजेर २० मिनेटमा हुम्देबाट उडेको जहाज २६ मिनेट लगाएर १० बजेर ४६ मिनेटमा बल्ल पोखरा अबतरण गरेको थियो ।  ‘फकिँदा त २६ मिनेट पो लाग्यो । खराब मौसमका कारण मन आत्तिएको थियो’ ती अधिकारीले भने, ‘अझै केहीबेर ढिला गरेको भए त्यो दिनको बास मनाङमै हुन्थ्यो ।’

त्यतिमात्र होइन, त्यो दिन नेताहरुले मनाङमा बढी समय विताउँदा समिट एयरको पोखरा जोमसोम उडान नै रद्द हुन पुगेको थियो । त्यसले गर्दा एयरलाइन्सका कर्मचारीले यात्रुबाट खप्कीसमेत खानु परेको थियो ।

आजको नागरिक दैनिकमा खबर छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top