भारतीय प्रधानमन्त्री मोदी अमेरिका जाँदै, ट्रम्पसँग एउटै मञ्चमा सहभागी हुने सम्भावना

३० भदौ, एजेन्सी । यसै वर्षको मे महिनामा दोश्रोपटक प्रधानमन्त्री पदको शपथ लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोश्रो कार्यकालको पहिलो अमेरिका भ्रमणमा जाँदै छन् ।

अमेरिकाको भारतीय समुदायले उनको सम्मानार्थ ह्यूस्टनमा २२ सेप्टेम्बरका दिन सार्वजानिक कार्यक्रम ‘हाउडी मोदी’ आयोजना गर्न गइरहेको छ । यस कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्बोधित गर्ने सम्भावना रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको भारतीय समुदायको कार्यक्रममा उपस्थिति हुने सम्भावना रहेको छ ।

Advertisement

यस्तो भएको खण्डमा अमेरिकाको इतिहासमा यो पहिलो घटना हुने छ । अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपति ले भारतीय समुदायले आयोजना गरेको सार्वजनिक कार्यक्रममा भागीदारी गरेका छैनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्र महासभामा भाग लिन २१ सेप्टेम्बर अमेरिका पुग्दैछन् । २३ देखि २७ सेप्टेम्बरसम्म उनले यूएनको महासभामा भागेदारी गर्नेछन् ।

Advertisement

दोश्रो कार्यकालको मोदीको यो पहिलो अमेरिका भ्रमण हुन गईरहेको छ । मोदीको सम्मानार्थ अमेरिकाको भारतीय समुदायले २२ सेप्टेम्बरका दिन ह्यूस्टनमा ‘हाउडी मोदी’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

यस कार्यक्रममा ५० हजारभन्दा बढी भारतबासीले भागलिने अनुमान गरिएको छ । मिडिया रिपोर्ट्सका अनुसार दिल्ली तथा वाशिंगटनका अधिकारीहरु यस कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिका लागी प्रयास गरिरहेका छन् ।

डोनाल्ड ट्रम्पले यस कार्यक्रममा उपस्थिति भएर सम्बोधन गर्ने सम्भावना बढेको छ । यस सार्वजनिक कार्यक्रमका अतिरिक्त मोदीले अमेरिकी कम्पनीका सीईओसँग ‘राउण्ड टेबल’ बैठक गर्ने कार्यक्रम पनि रहेको छ ।

अमेरिकी अधिकारीहरुले यी दुवै कार्यक्रम मध्ये कुनै एक कार्यक्रममा अमेरिकी राष्ट्रपतिले भारतीय प्रधानमन्त्रीको साथ दिने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन २०१४मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक अमेरिका गएका थिए । त्यस बेला पनि न्यूयोर्कको म्याडिसन स्क्वायरमा उनले भारतीय समुदायले आयोजना गरेको सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका थिए । यस कार्यक्रममा कैयन अमेरिकी सांसद उपस्थित रहेका थिए ।

२०१६ मा भएको दोश्रो अमेरिका भ्रमणमा मोदीले ‘सिलिकन भ्याली’ मा आयोजित सार्वजनिक कार्यक्रममा उपस्थिति जनाएका थिए ।ह्यूस्टनको ‘हाउडी मोदी’ कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्मिलित भएको खण्डमा यो अमेरिकी इतिहासको पहिलो घटना हुनेछ।

Advertisement

भर्खरको समाचार

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

सम्बन्धित समाचार

Scroll to Top