पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा बराबरीमा रोकियो

३० भदौ ७६, मंगलबार

३१ भदौ, विराटनगर ।

जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा बलियो दाबेदार कुवेतसँग नेपालले बराबरीको नतिजा निकालेको छ । कुवेतसँग १–१ गोलको बराबरी खेल्दै नेपालले अंक बाँडेको हो ।

पहिलो खेलमा घरेलु टोली जोर्डनसँग ७–० को भारी अन्तरले पराजित भएको थियो । तर दोस्रो खेलमा भने सुधारिएको खेल खेल्दै कुवेतलाई बराबरीमा रोक्न सफल भएको हो । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालका लागि दिपेश राईले गोल गरे । त्यस्तै कुवेतका अब्दुलवाहब अलहिन्दिले एक गोल गरे ।

Advertisement

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दुवै गोल दोस्रो हाफमा भएको थियो । ७४औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयको थप गरिएको पाँचौ मिनेटमा अब्दुल वाहबले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा रोके ।

Advertisement

बराबरीसँगै समूह ‘ए’ मा नेपालले २ खेलबाट १ अंक जोडेको छ । कुवेतले २ खेलमा ३ अंक जोडेको छ । अब नेपालले ३ असोजमा ताजकिस्तानसँग खेल्नेछ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top