भाग्यमानी ४० जनाले विश्वकप हेर्न पाउने

भाग्यमानी ४० जनाले विश्वकप हेर्न पाउने

रुसमा हुने विश्वकप फुटबल सुरु हुन साढे तीन महिना बाँकी हुँदा कोका–कोला नेपालले खेलको महाकुम्भलाई लिएर अहिलेसम्मकै सबैभन्दा ठूलो प्रवद्र्धन कार्यक्रम अगाडि ल्याएको छ ।

त्यसअनुुसार ४० नेपाली समर्थक विश्वकपका खेल हेर्न रुस जाने छन् । ती भाग्यमानीहरूले सम्भवतः लियोनल मेसीसम्मिलित अर्जेन्टिनाको खेल हेर्न पाउने छन् ।

कोका–कोला नेपालले प्रस्तुत गरेको प्रवद्र्धन कार्यक्रम १० साता ९फेब्रुअरी १५ देखि अप्रिल १५० चल्नेछ । प्रत्येक साता कोका–कोला र अरु उत्पादनबाट चार भाग्यमानी छानिने छन् ।

त्यसका लागि बोतलको लेबल पछाडि भएको अंकको कोड एसएमएस गर्नुपर्नेछ । त्यसबाट लक्की ड्र निकालिने छ ।, आजकोकान्तिपुरमा यो खबर छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.