जनकपुर, फागुन ७
फोरम र राजपाले मिलेर सरकार निर्माण गरेको भए पनि अहिलेसम्म दुई नम्बर प्रदेशमा मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । दुवै पार्टी बीच कसलाई पठाउने भन्ने विषयमा विवाद देखिएकाले मन्त्रिमण्डलले पूर्णता नपाएको हो ।
मन्त्रिमण्डलमा जाने आकांक्षी धेरै भएकाले दुवै दललाई मन्त्री छनौट गर्न समस्या भएको बताइएको छ । प्रदेशमा थोरै मन्त्रालय रहेको र आकांक्षीहरु धेरै रहेकाले समेत मन्त्रीहरुको नाम छनौट समस्या भएको राजपाका एक नेताले बताए । मुख्यमन्त्री लालबाबु राउतले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने बताए ।
राजपाले भौतिक पूर्वाधार मन्त्रीमा जितेन्द्रप्रसाद सोनार र फोरमले अर्थमन्त्रीमा विजय यादवको नाम पठाएको छ ।