१३ अर्वको लगानीमा नागढुंगा सुरुङमार्ग बन्ने

६ असोज ७६, सोमबार

६ असोज, काठमाडौँ ।
बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौंता भएको छ । जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङ माग निर्माणको लागि सोमबार एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाजमा अन्डो कर्पाेरेशन’बीच ठेक्का सम्झौंता भएको हो ।

Advertisement

४२ महिना भित्र निर्माण सम्पन्न हुने गरी सो सुरुङ मार्गको ठेक्का सम्झौंता गरिएको सडक विभाग, वैदेशिक समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । सो सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर रहेको छ ।

ठेक्का सम्झौंतामा सो सुरुङ मार्ग निर्माणका लागि १३ अर्व ५० करोड लाग्ने उल्लेख गरिएको छ । जापान सरकारले ४० वर्ष भित्र तीर्ने गरी सो सुरुङ मार्गका लागि ० दशमलव ०१ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top