पाँचथर, फागुन ७
लिम्बू जातिको मौलिक बाजा च्याबु्रङको संरक्षण र प्रचारप्रसारसँगै सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले भोलिदेखि पाँचथरको फिदिममा प्रथम अन्तर्राष्ट्रिय केलाङ महोत्सव हुने भएको छ ।
केलाङ सांस्कृतिक समाज पाँचथरसहित विभिन्न संघसंस्थाको आयोजनामा हुन लागेको महोत्सवमा नेपाल र भारतका विभिन्न स्थानबाट १ हजार च्याबु्रङ र २ हजार च्याबु्रङ बाधक भेला हुँदैछन् ।
महोत्सव उद्घाटनको पुर्ब सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै महोत्सवका प्रचार प्रसार संयोजक सागर केरुङले कार्यक्रमका लागि सबै तयारी पूरा भएको जानकारी दिए ।
महोत्सवमा पाँचथर, ताप्लेजुङ, इलाम, झापा, धनकुटा मोरङ सुनसरी, संखुवसभा, झापा हुँदै भारतको सिक्किम र दार्जिलिङबाट च्याबु्रङसहितका टोली सहभागी हुन आउनेक्रम सुरु भएको । महोत्सवको उद्घाटन १ नम्बर प्रदेश प्रमुख गोबिन्द सुब्बाले गर्नेछन् ।