×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण हुँदै

७ आश्विन २०७६

७ असोज, ललितपुर।

ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु भएको छ । भूकम्प गएको चार वर्ष वितिसक्दा पेरा र तुलसी कन्सट्रक्सन जेभीले मन्दिरको पुनःनिर्माण अघि बढाएको हो । श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको यस मन्दिर २०७५ साल फागुन अघि तीन ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिएका थिए ।

Advertisement
Advertisement

गतवर्ष फागुनको पहिलो हप्तासम्म यी कम्पनीले काम गर्न नसकेपछि थेगिसलाई हटाएर पेरा र तुलसी कन्सट्रकशनलाई मन्दिर पुनःनिर्माणको जिम्मा दिइएको पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

‘ठेकेदार कम्पनीबीच आपसी विवादका कारण यसअघि केवल ३५ प्रतिशत मन्दिर पुनःनिर्माणको काम सम्पन्न भएको थियो’, खनालले भने, ‘ललितपुर महानगरपालिका–२२ मा रहेको यो मन्दिर २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेपछि तीन ठेकेदार कम्पनीलाई निर्माणको जिम्मा दिएपनि यस अघि यिनीहरुबाट कामले गति लिन सकेको थिएन ।’ थेगिस भेगिमले मन्दिरका महत्वपूर्ण वस्तु मेथ र कार्नेशलगायतका सामग्री समयमै फिर्ता नगरेका कारण मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको खनालले बताए ।

उक्त मन्दिरका बहुमूल्य वस्तु यही भदौ १५ गते ललितपुर जिल्ला प्रशासन कार्यालय प्रमुख, ललितपुर महानगरपालिका र पुरातत्व विभागको पदाधिकारीबिच संयुक्त छलफलबाट फर्काउन सफल भएको बताइएको छ । ठेकेदार कम्पनीले दुई वर्षमा पूरा गर्ने गरी गत असारमा भ्याटसहित रु चार करोड ७४ लाख ४५ हजार १६ मा ठेक्का पाएको थियो । सो ठेक्काको अवधिभित्र निर्माणको काम अघि बढाउन नसकेपछि सरकारले ती कम्पनीलाई नौ–नौ महिनाको समयावधि थपिदिँदा पनि यिनीहरुको द्रुत गतिमा काम अघि बढाउन सकेका छैनन् ।

मन्दिर निर्माणका लागि उठेको करिब रु पाँच करोड रकममा थेगिसले दुई करोड चानचुन लिएर सो बराबर सबै रकमको काम पूरा नगरेको पुरातत्व विभाग मच्छिन्द्रनाथ परियोजना प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए । ‘मन्दिरमा रहेका १३ देखि १४ सय वर्ष पुराना वस्तुको पुनः प्रयोग गरी निर्माणको काम अघि बढाइएको छ’, प्याकुरेलले भने, ‘मन्दिर वरपर बार लगाउने र पहिलो एक तलाको काम धमाधम भइरहेको छ ।’ रातो मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयको रुपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले पद्मपाणि (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रुपमा पुज्ने गर्छन् । काठमाडौँमा इन्द्रजात्रा र भक्तपुरमा बिस्केट जात्राको जति ठूलो महत्व छ, पाटनमा त्यतिनै ठूलो महत्व र उत्सवका रुपमा रातो मच्छिन्द्रनाथको जात्रा मनाउने गरिन्छ ।

उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने चलन छ । वर्षा र सहकालका देवता मच्छिन्द्रनाथ छ महिना पाटनको तःबाहल र ६ महिना बुङ्मतिमा राख्ने गरिन्छ । सो मन्दिर पुनःनिर्माणको जिम्मेवारी जुनसुकै कम्पनीले लिए पनि यसमा पुरानै मौलिकता झल्काउन स्थानीयवासीले ठेकेदार कम्पनीसँग आग्रह गरेका छन् ।

प्रत्येक वर्ष जावलाखेलमा भोटो जात्रा सकिएपछि मच्छिन्द्रनाथलाई बुङ्मतिको सोही मन्दिरमा लगेर राखिन्थ्यो । २०७२ सालको भूकम्पपछि पूर्ण क्षतिका कारण हाल मन्दिर अभावका कारण मच्छिन्द्रनाथलाई बुङ्मतिको एक गुठीको घरमा राखिएकोे छ । शिखरशैलीको यो मन्दिर निर्माणमा ३६ फिट लामो काठको प्रयोग गर्नुपर्ने बताइएको छ ।

सो मन्दिरको पुनःनिर्णमा ढिलाइ हुँदा बुङ्मतिका जनतालाई चार वर्ष अघिदेखि विभिन्न चाडपर्वमा असर पर्ने गरेको स्थानीयवासी नेपाल डङ्गोलले जानकारी दिए । उनले भने, ‘हामीले वर्षभर मनाउने चाडपर्वमा कतै न कतै आँगनमै रहेका मच्छिन्द्रनाथसँग जोडिनुपर्ने हुन्छ, अब यस मन्दिर निर्माण अघि बढेसँगै चाडपर्वमा पुनः हर्सोउल्लास छाउने भएको छ ।’ मच्छिन्द्रनाथ जात्रा अवधिभर ललितपुरका साथै काठमाडौँ र भक्तपुर तीनै शहरका भक्तजनलगायत विदेशी पर्यटकको पाटनमा भीड लाग्ने गर्छ । मच्छिन्द्रनाथको उक्त रथ ३२ गुणले युक्त ३२ हात अग्लो निर्माण गर्ने गरिन्छ । पाटनको ठूलो उत्सवको रुपमा रातो मच्छिन्द्रनाथको जात्रालाई हिन्दूलगायत बुद्धधमावलम्बीले मनाउने गरेका छन् ।

मच्छिन्द्रनाथ पूजाको लागि गठित ३१ पानेजुले पालैपालो सो भगवान्को पूजाआजा र रेखदेख गर्ने गरेको ७१ वर्षीया मन्दिरका पानेजु सूर्यमान डङ्गोलले जानकारी दिए । ‘लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा अन्न, वर्षा, सहकाल, लाकेश्वर र बंगद्य अनेकौँ नामले पुकारीने रातो मच्छिन्द्रनाथको नेपाल प्रवेशले सहकाल भएको बुझाइ छ’, डङ्गोलले भने, ‘सबै जगत्को लोककल्याण गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लाकेश्वरको रथजात्रा गर्ने परम्परा रहिआएको हो ।’

नेपालमा वर्षौं अघिदेखि चल्दै आएको जनश्रुतिअनुसार गुरु गोरक्षनाथले नवनागलाई आशन बनाएर समाधिमा बसेपछि १२ वर्ष पानी परेन । भोकमरी र सुक्खा परी मानिसको जीवन सङ्कटमा पर्दै गएपछि सो समयका राजा, तान्त्रिक बन्द्युदत्त आचार्य र ललित ज्यापुले कठिन परिस्थित सहेर मच्छिन्द्रनाथलाई बुङ्मति ल्याएर राखेपछि गोरखनाथ आफ्ना गुरुको दर्शन गर्न उठेको र नवनाग फुक्का भएर भागेपछि अतिवृष्टि पानी परेको बुझाइ रहेको छ । यस्तो परम्परादेखि प्रचलित बुङ्मतिमा हालसम्म मन्दिर पुनःनिर्माण हुन नसक्नु सबै नेपालीको सरोकार तथा चिन्ताको विषय बनेको छ ।

Advertisement

विसं २०७२ माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुङ्मतिबाट मन्दिर पुनःनिर्माणको शुरुआत गर्ने भनिएता पनि पाटन दरवार परिसरमा ९० प्रतिशत मन्दिर पुनःनिर्माणको काम सम्पन्न भइसक्दा बुङ्मतिमा भने भर्खरै अघि बढेको छ ।–सुभानु आचार्य /रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top