×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

तिलोत्तमामा ५० अर्बभन्दा बढी लगानी भित्रिने अपेक्षा

८ आश्विन २०७६

८ असोज, बुटवल ।
स्थानीय तहका तर्फबाट मुलुकमै पहिलोपटक रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको छ ।

भोली असोज ९ गते आयोजना हुने लगानी सम्मेलनमा राज्यका सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र विशेषज्ञको समेत प्रतिनिधित्व रहनेछ ।

लगानी सम्मेलनमा रहने महत्वपूर्ण सहभागितामा नगरपालिकामा प्राथमिकता, लगानीका उद्देश्य र सम्भावनाका बारेमा छलफल हुने छ ।

नगरपालिकाले अहिलेसम्ममा कृषि, पर्यटन, उद्योग, पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिएर लगानी सम्मेलनमा विभिन्न २२ परियोजनाका विषयमा प्रस्ताव लैजाने तयारी गरेको नगरप्रमुख वासुदेव घिमिरे बताए ।

सो सम्मेलनको उद्देश्य र यसको सफल कार्यान्वयनका लागि नगरप्रमुख घिमिरेले विभिन्न पक्षसँग छलफल गरेका छन् ।

 लगानी सम्मेलनमा आयोजकसहित सङ्घीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्तासमेत गरी करीब ८०० को सहभागिता रहने नगरप्रमुख घिमिरेले बताए ।

यसै विषयमा नगरपालिकाले देशमै पहिलोपटक लगानी सम्मेलन आयोजना गरेर सम्पूर्ण राज्य, निजी क्षेत्र र विकास साझेदार निकायको ध्यानाकर्षण गरेको छ । राज्यको बजेट तीन तहका सरकार सञ्चालन, व्यवस्थापन र संरचना निर्माणमा धेरै खर्च हुने अवस्था छ ।

प्रदेशमा पनि भौतिक संरचना निर्माणमा ठूलो रकम खर्च हुँदा चाहेर पनि अनुदान रकम प्राप्त हुनसक्ने अवस्था छैन ।

सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट पनि ठूला आयोजना, भौतिक पूर्वाधार, कृषि, पर्यटनसँग सम्बन्धित परियोजना सञ्चालन गर्न नसकिएको अवस्थामा सो नगरपालिकाले पाँच वर्षीय एकीकृत शहरी विकास योजना र १५ वर्षीय रणनीतिक योजना तयार गरेको तथा ती योजना समयमै सम्पन्न गर्न आवश्यक पर्ने लगानी जुटाउन निजी क्षेत्रको सहभागिता जरुरी ठानेर उक्त सम्मेलनको आयोजना गरिएको नगरप्रमुख घिमिरेको भनाइ छ ।

नगरपालिकाले पहिचान गरेका झण्डै एकसय परियोजनामध्येबाट प्राथमिकताका आधारमा २२ परियोजना प्रस्ताव गरिएको छ । मुलतः कृषि, पर्यटन, उद्योग, व्यापार पूर्वाधार, स्वास्थ्य र शिक्षासम्बन्धी परियोजना प्रस्तावित गरिएको नगरप्रमुख घिमिरेले बताए ।

लगानी सम्मेलनका माध्यमबाट तिलोत्तमा कृषि उपज सङ्कलन तथा प्रशोधन केन्द्र, ढाक्रेवास पर्यटकीयस्थल, तिलोत्तमा मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई समेत व्यापारमा जोड्ने गरी बिजनेसहब, रेलवे रिङरोडजस्ता परियोजनामा लगानी भित्र्याउने मुख्य लक्ष्य राखिएको उनको भनाइ छ ।

त्यस्तै नगरका तीन स्थानमा स्मार्ट हाटबजार, स्मार्ट पार्किङस्थल, बाल उद्यान, रोहिणी एकीकृत बहुउद्देश्यीय पर्यटकीयस्थल, तिलोत्तमा मिनी नेपाल, महिला तथा बाल अस्पताल र एकीकृत दूध सङ्कलन तथा प्रशोधन केन्द्रसमेत अगाडि सारिएको छ ।

नगरपालिकाले सम्मेलनबाट राखेको अपेक्षामध्ये लगानी सम्मेलनबाट निजी क्षेत्र अहिलेसम्मको अवस्थामा निकै नै उत्साहित भएको अवस्थाले पनि लगानी सम्मेलनमा निजी क्षेत्रबाट रु ५० अर्बभन्दा बढी पूँजी भित्रिने अपेक्षा आयोजकको छ ।

सम्मेलनले लगानीका अवसरलाई नजिकबाट जान्ने तथा बुझ्ने अवसर प्रदान गर्ने र स्वदेशी तथा विदेशी लगानी भित्रिने अपेक्षा छ । भारत, चीन, बङ्गलादेशलगायतका देशबाट सम्मेलनमा सहभागी हुन लगानीकर्ता आउने नगरप्रमुख घिमिरे बताएका छन् ।

“तिलोत्तमा स्मार्ट सिटी, फोहरमैला व्यवस्थापन, कृषि प्रशोधन केन्द्रलगायतका परियोजनामा चिनियाँ लगानीकर्ता इच्छुक देखिएकाले पनि यो लगानी सम्मेलनले स्वदेशी र विदेशी लगानी भित्र्याउनका लागि राम्रो अवसर बन्ने अपेक्षा राखेका छौँ”, उनले भने।

उक्त नगरपालिकामा मात्र उत्पादन हुने झण्डै रु ४० लाखको दूध बाहिर निर्यात हुन्छ । अब नगरभित्र उत्पादित दूधको स्थानीयरूपमै बजारीकरण गर्ने नगरपालिकाको प्राथमिकतामा छ । नगरपालिकाले सुरक्षा निकायसँग समन्वय गरेर शान्तिपूर्ण वातावरणमा सम्मेलन आयोजना गर्ने वातावरण निर्माण गरेको छ ।

आगामी दिनमा पनि औद्योगिक क्षेत्रमा सुरक्षाबल राख्ने कुरा, लगानीकर्तालाई सुरक्षाको अनुभूति दिलाउने, व्यवसायिक कर, नक्सापासलगायत नगरबाट हुने काममा कर छुटको व्यवस्थालगायत सबै किसिमले सहज हुने वातावरण सिर्जना गर्ने विषयमा स्थानीय सरकारका तर्फबाट प्रतिबद्धताका साथ काम हुने उनको भनाइ छ ।

यस अवधिमा नगरपालिकाले पर्यटन पूर्वाधारका क्षेत्रमा काम अगाडि बढाएको, भौतिक पूर्वाधारका ठूला योजनाको कामअन्तर्गत नगरको प्रशासनिक भवन निर्माण र विभिन्न वडा कार्यालयका भवन बनाउन शुरु गरिएको छ ।

हरेक कार्यक्रम गर्नुपर्दा महङ्गो मूल्य तिरेर होटलमा कार्यक्रम गर्नुपर्ने अवस्थाको अन्त्य गर्न अब केही समयभित्रमै नगरको सुविधासम्पन्न सभाहल निर्माण पूरा हुने अवस्थामा रहेको उनले बताए।

विगत दुई वर्षदेखि विज्ञहरुसँग समन्वय तथा छलफल गरेर लगानीका लागि सम्भावित क्षेत्रको पहिचान गरिसकिएको र सुझावका आधारमा नगरमा लगानीका प्राथमिकता क्रमशः कृषि, पर्यटन र उद्योगलाई जोड दिइएको छ । साथै बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेका कारण लुम्बिनीसँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने योजनाअनुरुप ठूला–ठूला होटल खोल्नका लागि जग्गा भाडामा दिने योजनासमेत अघि सारिएको छ ।

“स्थानीयरूपमै सबै व्यवस्थापन गर्ने गरी दुग्धजन्य उत्पादनका लागि कारखाना खोल्ने तयारी गरेका छौँ”, प्रमुख घिमिरेले भने, “जसबाट प्याकेटमै दूध र दहीको उत्पादन गरेर बिक्री गर्ने योजना बनाएका छौँ, नेपालमै पहिलोपटक केही उद्योगको परिकल्पना गरेका छौँ, उत्पादनका लागि आवश्यक कच्चा पदार्थ पनि यहीकै प्रयोग गर्न सकियो भने बजार मूल्य सस्तो हुन्छ, अहिले बिचौलियाका कारण उत्पादनकर्ता र उपभोक्ता दुवै मर्कामा छन्, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । (रासस)

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top