×

NEPAL TIMES UPDATES

Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026

बाजुराको स्याउ धनगढी बजारमा, ढुवानीमा सरकारी अनुदान पाएपछि किसानहरु हर्षित

८ आश्विन २०७६

८ असोज, धनगढी । एक रुपैयाँमा ३ दाना स्याउ बेच्न बाध्य बाजुराका किसान ढुवानीमा सरकारी अनुदान पाएपछि खुशी देखिएका छन् । बारीमै थन्किएको सरकारी ढुवानी अनुदानपछि सहकारी संस्थाको पहलमा बजारसम्म पुर्याइएको छ ।

बाजुरामा बारीमै स्याउ थन्किएको समाचार प्रकाशित भएपछि सरकारले ढिलै भएपनि ढुवानी अनुदान दिएर स्याउलाई बजारसम्म पुर्याइएको हो ।

Advertisement
Advertisement

ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मिन प्रसाद जोशीका अनुसार स्याउ ढुवानीमा कृषि ज्ञान केन्द्र बाजुराले प्रति किलो १८ रुपैया ७५ पैसा अनुदान दिएको छ ।
सरकारी अनुदानसँगै स्थानीय सहकारी संस्थाले ढुवानीमा सहयोग गरेपछि बाजुराबाट बुधबार बिहान स्याउले भरिएका मिनि ट्रक धनगढी ल्याइपुर्याएको छ ।

किसानबाट प्रति किलो २५ रुपैयाँमा खरिद गरिएको स्याउ धनगढीसम्म ल्याउदा प्रति किलो ९० रुपैयाँ मुल्य पुगेको कार्तिकस्वामी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष मेखराज शाहीले जानकारी दिए ।

बाजुराको स्याउ बजारमा पुगेपछि खरिदका लागी उपभोक्ताको घुईंचो देखिएको छ ।

धनगढीमा पुगेको बाजुराको स्याउको प्रति किलो ९० रुपैयाँ र प्रति कार्टुन २ हजार रुपैयाँ लग्ने गरिएको छ । तर धनगढी बजारमा भारतबाट आयात हुने स्याउको मुल्य प्रति किलो १ सय ६० देखि २ सय ४० रुपैयाँ सम्म रहेको छ ।

यसअघि बजार नपाउँदा बजार अभावमा बाजुराको जुकोटका किसानले एक रुपैयाँमा ३ दाना स्याउ बेच्ने गरेका थिए । सडक यातायातको पहुँच नभएपछि बारीमा फलेका स्याउँ बिक्रि नभएर त्यत्तिकै कुहिने गरेका थिए ।

हिमालको नजिकका गाउँका दुई सय भन्दा बढी किसानसँग स्याउँको बगैचा छ । प्रत्येक परिवारको बारीमा कम्तिमा तीन सय देखि १२ सय सम्म स्याउका बोट छन् । सबैको समस्या बजारकै छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका ३ जुकोट, सोही गाउपालिका १ र २ साप्पाटा हिमाली गाउँपालिका धिम, पाडी, जगन्नाथ गाउपालिका साविकको जगन्नाथ गाविस क्षेत्र र बुढिनन्दा नगरपालिकाकाको साविकको पाण्डुसेन गाविसमा अत्याधिक मात्रामा स्याउ फल्छ ।

गाउँपालिकाबाट कोल्टीमा रहेको बजारसम्म पुगाउन भारी बोकेर दुई दिन लाग्छ । कोल्टीको यातायात बर्षायाममा बन्द हुने भएकाले पनि बजारसम्म पुर्‍याउन समस्या भएको थियो ।

Advertisement

रातो र पहेलो गरी दुई प्रजातीको स्याउ फल्ने बजुरामा २ दशमलव ३० हेक्टर जमिनमा स्याउ खेती गरिदै आएको र प्रति वर्ष एक हजार ५० मेट्रीक टन स्याउ उत्पादन हुने गरेको कृषि प्रसार अधिकृत जोशीले जानकारी दिए ।

भर्खरको समाचार

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

सम्बन्धित खबरहरु

Scroll to Top