कांग्रेसले नेताहरुको स्मृतिमा ‘स्मृति ग्रन्थ’ निकाल्ने

९ असोज ७६, बिहीबार
Share this
719shares

९ असोज, काठमाडौँ ।
नेपाली कांग्रेसले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा ‘स्मृति ग्रन्थ’ निकाल्ने भएको छ ।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरु विस्मृतिमा पर्दै गएको निष्कर्ष निकाल्दै नयाँ पुस्तालाई पनि उनीहरुको योगदानबारे जानकारी दिने उद्देश्यका साथ उनीहरुको योगदानको चित्रण हुने गरी ‘स्मृति गन्थ’ निकाल्न लागिएको जानकारी दिएका हुन् ।

बिहीबार काठमाडौंको ओमबहालमा निर्माण गरिएको पार्टीका नेता एवम् पूर्वमन्त्री मार्शल जुलुम शाक्यको शालिक अनावरण गर्दै उनले पार्टीमा ठूलो त्याग र तपस्या गरेका नेताहरुको पहिचान गर्न तत्काल अध्ययन कार्यलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

त्यस अवसरमा सभापति देउवाले राजतन्त्र विरोधी आन्दोलनमा नेता शाक्यले निर्वाह गर्नु भएको भूमिकाको पनि चर्चा गरे । सभापति देउवाले राजतन्त्रविरुद्ध नेता शाक्यले खेल्नु भएको भूमिकाको जति चर्चा गरेपनि कमै हुने पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top