आजदेखि नयाँ नोट साट्न सकिन्छ

१० असोज, काठमाडौं ।
आज (शुक्रबार)देखि नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आजदेखि असोज १७ गतेसम्म राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

यो अवधिमा ५, १०, २०, ५० र १०० दरका नोट एक÷एक पाकेट गरी बढीमा १८ हजार ५ सय रुपैयाँसम्म साट्न सकिनेछ।

Advertisement

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयसहित विराटगनर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका प्रदेश कार्यालयबाट पनि नोट सहटी सुविधा लिन सकिनेछ।

यसबाहेक काठमाडौँ उपत्यकामा नेपाल बैंकका न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट पनि नोट सटहीको गर्न पाइनेछ।

Advertisement

राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, सिंहदरबार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट सटही सुविधा पाइनेछ।

यस्तै कृषि विकास बैंकको पनि गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नोट सटही सुविधाको व्यवस्था मिलाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top