१० असोज, एजेन्सी ।
भारतको मध्य प्रदेशमा खुल्ला ठाउँमा शौच गरेको निहुँमा एक बालकलाई पिटेर हत्या गरिएको छ ।
बालकको हत्या भएपछि उनको परिवारले गाउँ छाड्ने फैसला गरेका छ । दलित परिवारका ति बालकका बुवा बबलू वाल्मीकिलाई डर छ कि यस्तो हमला फेरि पनि उनको परिवारमाथि हुन सक्छ ।
उनले भने, ‘पञ्चायतले सबैका लागि शौचालय बनायो तर हाम्रो लागि बनाएन, एक घर एक शौचालयको पात्र म पनि हुँ, मैले आवेदन पनि दिएको थिएँ तर मेरो आवेदन अस्वीकार भयो ।’
बबलूका १० वर्षका छोरा र १२ वर्षकी छोरीको खुला ठाउँमा शौच गरेको भन्दै पिटेर हत्या गरिएको थियो । यो घटनापछि परिवारले गाउँ छाड्ने फैसला गरेको खबर द हिन्दू पत्रिकाले प्रकाशित गरेको छ ।