प्रोत्साहन गर्ने नीति कार्यान्वयन नहुदा उद्योगी रुष्ट

९ असोज ७६, शुक्रबार

१० असोज, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले सरकारले चालू आर्थिक वर्षको बजेट तथा नीति, कार्यक्रममा उत्पादनमूलक उद्योगमा प्रोत्साहनको नीति लिने उल्लेख गरे पनि त्यसको कार्यान्वयन अझै हुन नसकेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरिन ।

Advertisement

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वदेशी उद्योगलाई अघि बढाउन सरकारले आवश्यक वातावरण बनाउन नसकेको गुनासो पनि गरे ।

अध्यक्ष राणाले ललितपुर जिल्लालाई हस्तकला जिल्लाको रुपमा घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराइन ।

Advertisement

अध्यक्ष राणाले ललितपुर जिल्लालाई हस्तकला जिल्लाको रुपमा घोषणा गर्न सके त्यसले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सहयोग पु¥याउने विश्वास व्यक्त गरिन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top