भारतले दियो पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा गरेको सोम्बोधनको जवाफ

१० असोज ७६, शनिबार

११ असोज, एजेन्सी । भारतले संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरेको सोम्बोधनको जवाफ दिएको छ ।

Advertisement

पाकिस्तानी प्रधानमन्त्री इरामन खानले बिहीबार संयुक्त राष्ट्रसंघको महासभामा गरेको ५० मिनेट लामो सम्बोधनको क्रममा आफ्नो देशको तर्फबाट भएको शान्तिका सबै प्रयास भारतले अस्वीकार गरेको बताएका थिए ।
इमरान खानले आफ्नो भाषणको क्रममा विश्व समुदायलाई सचेत गराउँदै भारत र पाकिस्तानबिच युद्धको अवस्था आएमा जे पनि हुन सक्ने बताएका थिए ।

भारतले जवाफ दिन पाउने अधिकार अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री खानको सो भाषणको जवाफ दिएको हो । भारतको विदेश मन्त्रालयकी प्रथम सचिव विदिशा मैत्राले पाकिस्तानी प्रधानमन्त्री खानको भाषण भड्काउ रहेको र उनको भनाई झुट रहेको उल्लेख गरेकी छन् ।

Advertisement

विदिशाले शुक्रबार आफ्नो तर्फबाट विस्तृत बयान जारी गर्दै पाकिस्तानी प्रधानमन्त्रीले लगाएको आरोपको जवाफ दिएकी हुन् ।

खानले सम्बोधनको क्रममा पाकिस्तानमा कुनै पनि चरमपन्थी संगठन सक्रिय नरहेको र यसको पुष्टिका लागि उनले संयुक्त राष्ट्रसंघका पर्यवेक्षकलाई निम्ता दिएका थिए । विदिशा मैत्राले पाकिस्तानले आफ्नो वाचा पूरा गरेको हेर्न चाहेको बताएकी छन् ।

Advertisement

विदिशाले संयुक्त राष्ट्रसंघ महासभामा पाकिस्तानी प्रधानमन्त्री खानले गरेको भाषण असभ्य रहेको र अन्तर्रा्ष्ट्रिय मञ्चको दुरुपयोग रहेको आरोप पनि लगाएकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top