विश्व मुटु दिवसमा न्यूरोको सचेतनात्मक ¥याली

१२ असोज ७६, सोमबार

१२ असोज, विराटनगर ।
न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले भव्यताका साथ विश्व मुटु दिवस मनाएको छ । पुर्वी भेग मै मुटु रोगको उपचारको लागि विराटनरमा पहिलो पटक निजि स्तरबाट क्याथल्याव सुरु गरेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलले विभिन्न कार्यक्रमहरु गरी विश्व मुटु दिवस मनाएको हो ।

विश्व मुटु दिवसको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मुटु रोग सम्बन्धि सचेतना गराउने उद्देश्य सहित हस्पिटलले सचेतनात्मक ¥याली निकालको छ । विहान हस्पिटल परिसरबाट सुरु भएको ¥यालीले ४ किमी यात्रा तय गरि पुनः अस्पताल परिसारमा पुगी सम्पन्न भएको थियो ।

अपरेशनल डाइरेक्टर राजेश भटट्राई , वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा निकेश राजश्रेष्ठ , मुटु रोग विशेषज्ञ डा. राजिव श्रेष्ठ लगायतका स्वास्थ्यकर्मी एवम चिकित्सकको उपस्थित रहेको ¥यालीमा नेपाल हृदयघात निमार्ण प्रतिष्ठानका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो ।

Advertisement

 

Advertisement

सो अवसरमा अस्पतालका अपरेशनल डाइरेक्टर भट्ट्राईले विश्व मुटु दिवसको अवसर पारेर मुटु रोगी बिरामीहरुका लागि यही १५ गते सम्म अस्पतालमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराए । साताव्यापी मुटुरोग सम्बन्धी सचेतनात्मक कार्यक्रम अन्तर्गत एक हप्ते निःशुल्क ओपिडि सेवा , कोरोनरी एन्जियोग्राफीको परीक्षणमा १५ प्रतिशत छुटको व्यवस्था , मुटुको एन्जियोप्लास्टीमा (नेपाली नागरिकहरुकालागि मात्र) रु एक लाखको छुटको व्यवस्था तथा अन्य सबै प्रकारका जाँचमा २५ प्रतिशत छुटको व्यवस्थागरिएको समेत जानकारी दिए।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top