विषालु च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी

१३ असोज ७६, सोमबार
Share this
792shares

१३ असोज, सर्लाही ।

Advertisement

विषालु च्याउ खाँदा सर्लाहीको इश्वरपुर नगरपालिका ११ भलुवाइका एकै परिवारका १२ जना बिरामी परेका छन्। जंगलबाट ल्याएका च्याउ पकाएर खाँदा आइतवार राती बृजकुमार माझीका सपरिवार बिरामी परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बिरामी पर्नेमा माझीकी ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीया बुहारी सबिता माझी, ६ वर्षीया नातिनी रिन्कु माझी, ४ वर्षीय नाती अविनाश माझी, ३१ वर्षीय माइला छोरा बिल्टु माझी, उनकी २७ वर्षीया श्रीमती अन्जु देवी माझी, बिल्टुका १० वर्षीय छोरा अमित माझी, ५ वर्षीया छोरी प्रियंका माझी र ३ वर्षीया छोरी मेनुका माझी रहेको प्रहरीले जनाएको छ।

Advertisement

बिरामी भएका बृजकुमार माझीलाई स्थानीय अमृत हेल्थ केयर बयलबासमा उपचार पश्चात थप डिस्चार्ज गरिएको छ। बाँकी ११ जनालाई थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top