नेपाल टेलिकमले असोज १५ देखि देशभर फोरजी सेवा सुरु गर्ने

१३ असोज, काठमाडौं । नेपाल टेलिकमले असोज १५ गतेदेखि देशभरका २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्ने भएको छ । टेलिकमले फोरजी सेवाको आफ्नो पहिलो परियोजना अन्तर्गत असोज १५ देखि सो सेवा उपलब्ध गराउन लागेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

Advertisement

उनले भनिन्, ‘टेलिकमले देशभरका शहरकामा फोरजी सेवा परीक्षण सफल रुपमा गरेको छ । तत्काल समस्या नआए असोज १५ देखि सोही अनुरुप सेवालाई व्‍यावसायिक रुपमै अगाडि बढाएर थालनी गर्छौ ।’

उनका अनुसार टेलिकमले देशभरका मुख्य शहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीलगायत सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउनेछ ।

Advertisement

यसका साथै साना शहरहरु अन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने प्रवक्ता वैद्यको भनाइ छ । यस्तै उनले पहिलो चरणमा ती सहरमा फोरजी सेवा सुरु भइरहँदा थप नयाँ ठाउँमा समेत फोरजीको परीक्षण सेवा भने कायमै रहने बताइन् ।

यता, असोज १५ पनि टेलिकमले फोरजी सेवा परीक्षणको काम भने निरन्तरता दिनेछ । उनका अनुसार फोरजीको परीक्षण सञ्चालन गर्नको लागि अधिकतम २४५ एमबीसम्मको गतिमा इन्टरनेट चलेको हुनु पर्ने हुन्छ।

Advertisement

यस्तै उनले टेलिकमले सेवा सुरु हुने विभिन्‍न शहरहरुमा फोरजीका लागि आवश्‍यक यु(सीमकार्डको समेत व्‍यवस्था गरिसकेको छ । उनले भनिन्, ‘ अब उक्त शहरहरुका ग्राहकले आफ्नो नम्बरको फोरजी सीम निस्शुल्क साटफेर गर्न पाउनेछन् । जसका लागि ८४४४३ डायल गरेर फोरजी सेवा एक्टिभेट भएको जानकारी लिन सक्‍नेछन् । ‘

यसअघि नेपाल टेलिकमले गत माघ २० गते देशैभर फोरजी विस्तार गर्ने परियोजनाका लागि अन्तिम सम्झौता गरेको थियो । उक्त सम्झौतामा एक वर्ष्भित्रमा लक्ष्य अनुसार फोरजी विस्तार गर्ने उल्लेख थियो जसका लागि टेलिकमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ ।

२०७३ साल पुस १७ गते फोरजी सेवा सुरु गरेको टेलिकमले काठमाडौँ उपत्यका र पोखरामा गरी १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थतामार्फत फोरजी सेवा उपलब्ध गराइरहेको छ। यी दुईवटा सहरमा गरी हालसम्‍म फोरजीका ग्राहक ८ लाख पुगिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top