रोल्पामा बस दुर्घटना, दुई जनाको मृत्यु

१२ असोज ७६, सोमबार

१३ असोज, दाङ । पुर्वी रोल्पाको लुंग्री खोलामा बस खस्दा दुईजनाको मृत्यु भएको छ । आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालक र एक यात्रुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् । सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्कदेखि उत्तर तर्फबाट बस खोलामा खसेको प्रहरीले जनाएको छ । गाडी फर्काउने क्रममा बस सिधै खोलामा खसेको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार बस २ सय मिटर तल खोलाको बीचमा खसेको छ । घटना लगत्तै सुलिचौर इलाका प्रहरी कार्यालयबाट प्रहरी र स्थानीय खोलामा पुगेर उद्दारमा खटिएका हुन्। दुईजनाको शव निकालिएपनि बसभित्र अरु यात्रु फसिरहेको वा नरहेको केही खुलेको छैन ।

Advertisement

खोलको खोँचमा बस दुर्घटनाग्रस्त अवस्थामा छ । पानीको बहाव धेरै भएकाले उद्दारमा कठिनाइ भइरहेको छ। बस फर्काउन जानेक्रममा बसभित्र तीन जना मानिस रहेको अनुमान गरिएको छ ।

यद्यपी, यसको पुष्टि भने हुन नसकेको प्रनाउ गुरुङले बताए। सीर्पतर्फ यात्रु लिएर जानका लागि जिपपार्क नजिकै गाडी फर्काउन गएका बेला दुर्घटना भएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top