दशैँमा हवाई यात्रुलाई टिकट पाउनै सास्ती

१३ असोज ७६, मंगलबार

१३ असोज, काठमाडौँ ।

वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन् । महँगो टिकटसमेत पाउन यात्रुलाई मुस्किल हुन्छ ।

हरेक वर्ष दशैं आउनासाथ राजधानी काठमाडौँलाई कर्मथलो बनाएका लाखौं नागरिक घर जाने चटारोमा हुन्छन् । यात्रुका लागि घर फर्कन दुई विकल्प छन् । हवाई र सडक यातायात प्रयोग गरी यात्रु आ–आफ्नो गन्तव्यतर्फ लाग्छन् । विगतझै यस वर्ष पनि दशैँमा घर फर्कन यात्रुले उही सास्ती खेप्नुपरेको छ । सबैजसो वायुसेवा कम्पनीले दशैँको टिकट सकिएको बताएका छन् । यात्रुले महँगो शुल्क तिरेर पनि टिकट पाउन सकेका छैनन् ।

वायुसेवा कम्पनीले दशैँको मुखमा हरेक वर्ष झण्डै दोब्बर हवाई भाडा बढाउँदै आएका छन् । सडक पूर्वाधार अभावका कारण यात्रुले हवाई यात्रा गर्नुपर्ने बाध्यता छ । महङ्गो भाडा तिरेर भए पनि सहज र आरामदायी यात्राका लागि यात्रु लालायित हुन्छन् । उनीहरुले दशैँमा हरेक वर्ष पीडा भोग्नुपर्छ । अहिले पनि दशैँका लागि हवाईजहाजको टिकट पाउन कठिन भएको छ । पाए पनि दोब्बर भाडा तिर्नुपर्ने बाध्यता छ ।  पोखरा जान सामान्य अवस्थामा रु एक हजार ८०० सम्म भाडा तिर्नुपर्छ । अहिले दशैँमा रु पाँच हजारभन्दा बढी भाडा तिर्नुपरेको छ ।

यस्तै विराटनगरका लागि हवाई भाडा अन्य बेला रु तीन हजार २०० सम्म पर्छ । यात्रुले अहिले रु सात हजारभन्दा बढी भाडा तिर्दै आएका छन् । धनगढी र नेपालगञ्ज गन्तव्यमा जान ठिक्क परेका एक यात्रुले भने, ‘वायुसेवा कम्पनीलाई अहिले दशैँ लागेको छ, बसको टिकट पाउन नसकेपछि रु आठ हजार तिरेर जहाजको टिकट किनेँ ।’

अहिले यात्रुले धनगढीका लागि रु १२ हजारभन्दा बढी भाडा तिर्नु परिरहेको छ । नेपाल वायुसेवा निगमको जहाजमा भने धनगढीका लागि रु पाँच हजार ७०० मा टिकट खरीद गरेको अर्का एक यात्रुले बताए । निगमले आफ्नो नियमित भाडादरमै गन्तव्यमा उडान भर्दै आएको छ ।

निगमका सहायक प्रवक्ता सुलेख मिश्रले दशैँमा पनि निगमले नियमित भाडादरमै टिकट बिक्री गरिरहेको जानकारी दिए । यात्रुलाई मात्र हैन वायुसेवा कम्पनीलाई पनि कम्ती चुनौती छैन । भाडा बढाएरै भए पनि उडान व्यवस्थापन र मागअनुसारको सेवा दिन दशैँका बेला हम्मेहम्मे पर्छ । एक वायुसेवा कम्पनीका सञ्चालकले भने, ‘हामीलाई दशैँमा सधैँ भाडा बढायो भन्ने आरोप लाग्छ, हाम्रो बाध्यता कसैले बझ्दैन् । सस्तो, महङ्गोको त कुरै छैन, टिकट पाउन कठिन छ, वायुयानको विविध खर्चको कुरा गरी साध्य छैन ।’

वायुसेवा कम्पनी भन्छन्ः दशैँलाई टिकट सकियो

दशैँ आउनु एक महीनाअघि देखि नै हवाईजहाजको टिकट बुकिङ हुन्छ । यात्रुलाई घटस्थापनापछिका दिनमा धेरै टिकट चाहिन्छ । टिकट पाउन मुस्किल हुन्छ । पहिल्यै टिकट बुकिङ सकिएको हुन्छ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले दशैँको हवाई टिकट सबै सकिएको जनाएको छ । यो समय उडान हुने प्रायः सबै गन्तव्यमा हवाई यात्रुको चाप छ । यतिले आफ्ना पाँच एटिआर र पाँच साना गरी १० तथा भगिनी संस्था तारा एयरका छ जहाजबाट आन्तरिक उडान भर्दै आएको छ । भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत गन्तव्यमा हवाईजहाजको टिकट सकिएको छ । अरू बेला पनि व्यस्त रहने यी गन्तव्यमा दशैँका बेला हरेक वर्ष हवाई यात्रुको चाप हुने गर्छ ।

निजी क्षेत्रको अर्को ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पनि दशैँका लागि अधिकांश गन्तव्यमा टिकट बुकिङ भइसकेको जनाएको छ । कम्पनीका अनुसार तुम्लिङ्टार र सुर्खेत गन्तव्यमा एक साताअघि नै बुकिङ पूरा भइसकेको छ भने बाँकी गन्तव्यमा ९० प्रतिशत बुकिङ भइसकेको छ । बुद्ध एयरसँग आन्तरिक उडानमा रहेका १३ जहाजमध्ये ११ एटिआर र दुई साना जहाज छन् ।

आन्तरिक उडानको प्रतिस्पर्धी कम्पनी श्री एयरलाइन्सको पनि दशैँका लागि टिकट सकिएको छ । कम्पनीसँग आन्तरिक उडानका लागि ७० सिट क्षमताका दुई तथा ५० सिट क्षमताका दुई जहाज छन् ।

त्यस्तै, आन्तरिक उडानका सौर्य, सीता र सिम्रिक एयरलाइन्सको पनि दशैँका लागि टिकट बुकिङ सकिएको छ । दशैँमा यात्रुको अत्यधिक चाप बढेकाले उडान व्यवस्थापन तथा थप विस्तार गर्न लागिपरेको हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन नेपाल वायुसेवा सञ्चालक सङ्घले जनाएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले पछिल्लो थानकोट–नागढुङ्गा सडक जामका कारण वायुसेवा कम्पनीलाई असाध्यै दबाब परेको भन्दै विमान कम्पनीले गन्तव्यमा उडान सङ्ख्या थप्ने तयारी गरेको छ ।

दशैँलाई लक्ष्य गरी अहिले सबै वायुसेवा प्रदायक कम्पनीको नियमित उडानमा शत्प्रतिशत टिकट बुकिङ भइसकेको छ । यात्रुको चापलाई मध्यनजर गर्दै उडान सङ्ख्या वृद्धि गरिने जनाइएको छ । सङ्घका अनुसार आन्तरिक उडानमा १० हेलिकोप्टर कम्पनीसहित १८ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । बुद्धएयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, सीता एयर, सिम्रिक एयरलाइन्स, समिट एयर र तारा एयरले आन्तरिक उडान भर्दै आएका छन् ।

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top