इलाम, फागुन १०
झापाको विर्तामोडबाट इलामको रोङ्ग गाउँपालिका जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
मे १ ज १९६ नम्बरको ट्याक्सी रोङ गाउँपालिका १ का सिवाकोटी पाखामा दुर्घटना भएको हो । दुर्घटनामा परि रोङ गाउँपालिका बस्ने २१ वर्षिय सिर्जना बुढाथोकी, किशोरा न्यौपाने, जुनिता ढकाल, सोम आचार्य, यशोदा ढकाल, प्रेम गौतम, मिनकुमारी बिमली घाइते भएका छन् ।
त्यस्तै काठमाण्डौ महानगरपालिकाकी शान्ता उप्रेती, बलराम ढकाल, देवी उप्रेतीसमेत घाइते भएका छन् । ट्याक्सीका चालक नविन बिक पनि दुर्घटनामा घाइते भएको प्रहरीले बताएको छ । घाइते सबैको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको वताइएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।