छ महिनामा ४३ करोडको पिना भारत निर्यात

९ फागुन ७४, बिहीबार

विराटनगर, फागुन १०
विराटनगर भन्सार नाकाबाट मात्रै ६ महिनामा करिब ४३ करोड रुपैयाँ बराबरको पिना भारत निर्यात भएको छ ।

भन्सारको तथ्यांकअनुसार साउनदेखि माघसम्ममा जोगवनी नाकाबाट ४२ करोड ८१ लाख ८८ हजार मूल्य बराबरको पिना भारत निर्यात भएको छ । पिना निर्यातबाट विराटनगर भन्सार कार्यालयले यो अवधिमा पैठारी महसुलवापत् ५९ लाख ७९ हजार रुपैयाँ असुली गरेको छ ।

पिनाको प्रतिकिलोमा ५० पैसा पैठारी महसुल लाग्छ । विहार, पश्चिम बंगाल र पञ्जावमा पिनाको खपत बढी छ । गत आर्थिक वर्षको साउनदेखि पुस मसान्तमा पनि विराटनगर भन्सार नाकाबाट ३५ करोड २२ लाख ७७ हजारको पिना भारत निर्यात भएको थियो ।

Advertisement

विराटनगर भन्सारले पिनाको निर्यातबाट यो अवधिमा ५४ लाख ३५ हजार रुपैयाँ पैठारी महसुल असुली गरेको प्रमुख मिमांश अधिकारीले जानकारी दिए ।

तथ्यांक हेर्दा पिनाको निर्यात बर्सेनि बढेको देखिन्छ । मिलमा १ किलो तोरी पेल्दा ४० प्रतिशत तेल र ६० प्रतिशत पिना उत्पादन हुन्छ । भारत निर्यात हुने पिना पूर्व क्षेत्रकै तोरी मिलबाट खरिद गरिन्छ । आयात–निर्यात हुने मुलुककै ठूला नाकामध्येको विराटनगर भन्सार कार्यालयबाट निर्यात हुने मुख्य १२ वस्तु भित्र पिना पनि पर्दछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top