×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

शहिद रंगशाला परिसरमा अन्र्तराष्ट्रियस्तरको चेन्जिङ रुम निर्माण हुने

१० फाल्गुन २०७४

विराटनगर, फागुन १०
विराटनगरको शहिद रंगशाला परिसरमा अन्र्तराष्ट्रियस्तरको चेन्जिङ रुम निर्माण हुने भएको छ । १ करोड २५ लाखको लागतमा निर्माणहुने चेन्जिङ रुमको आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटीले संयुक्तरुपमा शिलान्यास गरे ।

रंगशालाको पुर्वपट्टि निर्माण गरिने सो भवन १४ सय स्क्वायर फिटको रहने जनाईएको छ । जसमा लेडीज र जेन्ट्स चेन्जरुम शौचायल,आराम कक्ष र प्राथमिक उपचार कक्ष रहने मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवराज कट्वालले जानकारी दिए ।

Advertisement
Advertisement

चेन्जिङ रुम निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदले ५० लाख रकम बिनियोजन गरेको छ भने विराटनगर महानगरपालिकाले १० लाख रकम प्रदान गर्ने निर्णय गरेको छ ।

भवन यही असार मसान्तसम्म निमार्णसम्पन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष नगरकोटीले चेन्जिङरुमको निर्माण पछि अन्र्तराष्ट्रियस्तरको खेलकुद संचालन गर्न सहज हुने बताए ।

Advertisement
Advertisement

उनले विराटनगरलाई स्पोर्टस सिटिकोरुपमा विकास गर्न थप खेल मैदान र पुर्वाधारहरु आवश्यक रहेको बताए । विराटनगर महानगरपालिकाका मेयर पराजुलीले चेन्जिङरुमको निर्माण सम्पन्न गर्न आउदो परिषदबाट बजेट ब्यवस्थापन गरिने आश्वासन दिए । उनले नगरक्षेत्रमा खेलकुदको विकास गर्न नितिगत र ब्यवहारिक दुवै तवरले प्रयास गरिने बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top