×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026

नारायणी नदीमा ‘सानो पानी जहाज’ सञ्चालन

१६ आश्विन २०७६

१६ असोज, नारायणगढ ।

 प्रदेश नम्वर ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (सानो पानी जहाज ) सञ्चालन गर्ने तयारी भैरहेका बेला छुट्टै निजी क्षेत्रले नारायणी नदीमै मिनी क्रुज सञ्चालन गरेको छ । रंगमहल रिभर ल्याण्ड प्रालिले नारायणीमा मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक शुरुवात भने दशैको फूलपाती अर्थात शनिवारबाट शुरु गरिने प्रालिका अध्यक्ष रमन भट्टराईले जानकारी दिए ।

Advertisement
Advertisement

“हामीले अहिले टेष्ट ड्राईभ शुरु गरेका हौँ, यसलाई औपचारिक रुपमा फूलपातीवाट शुरु गर्ने छौ”, अध्यक्ष भट्टराईले बताए । मिनी क्रुज झट्ट हेर्दा सानो पानी जहाजकै स्वरुपमा छ । यसलाई स्थानीय पानी जहाजकै नामले चिन्दछन् । मिनी क्रुज पहिलो पटक गत आइतवार र सोमबार नारायणी नदीमा टेष्ट डाईभ गरिएको थियो । “अहिले हामी २० जना यात्रु राखेर यसमा चलाउन सक्ने छौं”, अध्यक्ष भट्टराईले भने ।

मिनी क्रुज सगै प्रालीले २ वटा जेट स्किम, २ वटा रिभर वोट र एक वनाना वोट पनि सञ्चालनमा ल्याएको छ । यसका लागि प्रालिले झण्डै साढे तीन करोड रुपियाँ लगानी गरेको छ ।

रंगमहल रिभर ल्याण्ड प्राली कम्पनी रजिष्टारको कार्यलयमा दर्ता भएको संस्था हो भने यसले नारायणी नदीमा मिनी क्रुज चलाउनका लागि वन तथा वातावरण मन्त्रालयवाट वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गराएको छ । पर्यटन मन्त्रालय र भरतपुर महानगर पालिकावाट सञ्चालनको अनुमति पनि लिएको छ । नारायणगढको नारायणी किनार स्थित वुद्धपार्कलाई आफ्नो केन्द्र बनाएको प्रालिले मिनी क्रुज देवघाटदेखि गोलाघाटसम्म सञ्चालन गर्ने भएको छ । “हामीले पर्यटन प्रर्वधनकै लागि मिनी क्रुज चलाउने उदेश्य राखेका हौं”, प्रालिका अध्यक्ष भट्टराईले बताए ।

नारायणी नदीमा झण्डै दुई सय सिटको क्रुज अर्थात सानो पानी जहाज चलाउने तयारी भै रहेको अवस्थामा मिनी क्रुज पनि नारायणीमै आएको हो । प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा राइनो वाटर ईन्टरमेन्टेन्ट प्रालिले क्रुज वनाउँदै छ । दशैंअघि नै क्रुज चलाउने योजना भए पनि प्राविधिक कारणले यो सञ्चालनमा अझै एक महिना लाग्ने राइनोका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले बताए । कात्र्तिक महिना भरीमा क्रुज पनि नारायणीमा सञ्चालनमा आउने छ ।

“प्रदेश सरकारले क्रुजको पार्किङ्ग स्थल अर्थात पोर्ट (बन्दरगाह ) निर्माणका लागि एक करोड रुपियाँ अनुदान सहयोग गरेको हो ”, प्रबन्ध निर्देशक कँडेलले भने,–“पोर्ट बनाउदै गर्दा यसले नारायणी नदीको कटान पनि रोक्ने उदेश्य राखिएको छ ।” क्रुज सञ्चालन गर्ने वेला सम्म जम्मा २५ करोड खर्च हुने र अहिले क्रुज वनाउन मात्रै १५ करोड रुपियाँ खर्च भएको उनले बताए । “साढे दुई तलाको क्रुजमा २०० सिट रहने छ”, कँडेलले भने, “क्रुज भित्रै खाना खाँजा समेतको ब्यवस्था गरेर यात्रा गराइने योजना हाम्रो हो ।”

Advertisement

रंगमहल रिभर ल्याण्ड प्रालीले नारायणीमा संञ्चालनमा ल्याएको मिनी क्रुज चिनमा निर्माण भइ नारायणी नदीमा ल्याइएको हो भने राइनो वाटर ईन्टरमेन्टेन्ट प्रालिले सञ्चालनमा ल्याउन लागेको क्रुज प्राविधिकहरु विदेशवाट झिकाएर नारायणी नदीमै निर्माण गर्दै गरिएको हो । पर्यटन वर्ष २०२० नजिकदै गरेको समयमा नारायणी नदीमा मिनी क्रुज नयाँ आर्कषण बनेको छ । मिनी क्रुज नै सञ्चालनमा आएपछि यसले अझै प्रभावकारिता बढ्ने चितवन पर्यटन विकास समितिका महासचिव विश्वप्रसाद सुवेदीले बताए । (विकास न्युजबाट)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top