दिल्लीमा पाकिस्तानको आतंककारी संगठनले आक्रमण गर्ने आशंका

१६ असोज ७६, बिहीबार
Share this
688shares

१६ असोज, एजेन्सी ।
भारतको राजधानी नयाँ दिल्लीमा पाकिस्तानको आतंककारी संगठनले आक्रमण गर्ने योजना बनाएको भारतीय सुरक्षा निकायले आशंका गरेका छन्।

Advertisement

पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदले आक्रमणको तयारी गरेको भारतीय गुप्तचर एजेन्सीले बताएको छ । भारतीय गुप्तचर एजेन्सीले नयाँ दिल्लीमा चारदेखि पाँच आतंककारी रहेको आशंका गरेको छ।

रिपोर्टअनुसार आतंककारीले रेलवे स्टेसन, बस बिसौनी र भीड हुने पसल क्षेत्रलाई निशाना बनाउन सक्ने दैनिक भास्करले जनाएको छ। दिल्ली प्रहरीले सुरक्षालाई मध्यनजर गर्दै बुधवार रातिबाट सुरक्षा व्यवस्था कडा पार्ने र केहीलाई नियन्त्रणमा लिएको उल्लेख गरिएको छ।

Advertisement

अमेरिकाका सहायक रक्षामन्त्री रैंडल साइबरले यस मामलामा जम्मू कश्मीर विवाद दोषी रहेको बताएका छन्। उनले जम्मू कश्मीरमा भारतले संविधानको ३७० अनुच्छेद हटाएकाले आतंककारी हमला हुन सक्ने बताएका हुन्।

पाकिस्तानी आतंककारीलाई कसरी सामना गर्ने चिन्ताको विषय भएको उनले उल्लेख गरेका छन्।

Advertisement

कश्मीरलाई विशेष राज्यको दर्जाको प्रावधानसहितको संविधानको धारा ३७० लाई नरेन्द्र मोदीको सरकारले खारेज गरी जम्मू कश्मीरलाई दुई प्रदेश (जम्मू कश्मीर र लद्दाख) मा विभाजन र केन्द्रशासित प्रदेश बनाएपछि विवाद चर्किंदै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top