इराकमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु जारी

Share this
672shares

१६ असोज, एजेन्सी । इराकको राजधानी बग्दादमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ ।

Advertisement

देशव्यापी हिंसाका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ भने सयौं घाईते भएका छन् । निकै सुरक्षित मानिएको ग्रीन जोनमा गएराति विस्फोट गराइएको छ ।

Advertisement

ग्रीन जोनमा मन्त्रालयहरु र दूतावासहरु छन् । इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले एक वर्ष अघि सत्ता सम्हाले यता बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै देशव्यापी प्रदर्शन भएका छन् ।

Advertisement

सरकारी कार्यालयहरु बन्द छन् भने इन्टरनेट सेवा लगभग बन्द गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top