×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

प्रदेश १ मा अब ‘जनतासँग प्रहरी’ र ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुने

१० फाल्गुन २०७४

विराटनगर, फागुन १०
एक नम्बर प्रदेश सरकारले प्रदेशको शान्ति सुरक्षाको अवस्था बलियो बनाउन ‘जनतासँग प्रहरी’ अभियान र ‘जनतासँग मुख्यमन्त्री’ टेलिफोन संवाद कार्यक्रम सञ्चालन गर्र्ने भएको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । अभियान अन्तर्गत एक महिनाभित्रमा प्रदेशका सबै जनताको घरधुरीमा प्रहरी पुगेर शान्ति सुरक्षामा सहयोग र हातेमालोको आग्रह गर्नेछन् ।

Advertisement
Advertisement

त्यस क्रममा ती घरधुरीमा नजिकको प्रहरी युनिट र सम्बन्धित जिल्ला प्रहरी कार्यालयको फोन नम्बरसहितको स्टिकर टाँस गरेर कुनै घटना, दुर्घटना, अपराध वा सुरक्षा चुनौति भए खबर गर्न आग्रह गर्ने योजना रहेको मुख्यमन्त्री शेरधन राईले बताए ।

अभियानको क्रममा जनताले दिएको सुचना अनुसार शहरी क्षेत्रमा आधा घण्टाभित्र र ग्रामीण क्षेत्रमा एक घण्टाभित्र घटनास्थलमा प्रहरी पुग्नेगरी काम अगाडि बढाइने मुख्यमन्त्री राईले बताए ।

साथै जनताका गुनासा सरकारसँग पुर्याउन पाक्षिक रुपमा ‘जनतासँग मुख्यमन्त्री’ टेलिफोन संवाद कार्यक्रम सञ्चालन गरिने छ । यस कार्यक्रममा प्रदेशका जनताले आफ्ना समस्या र गुनासा सिधै मुख्यमन्त्रीसमक्ष राख्न सक्नेछन् ।

Advertisement
Advertisement

प्रदेश सरकार बनेपछिको दोस्रो मन्त्रिपरिषद् बैठकले सरकारको कामलाई अगाडि बढाउन विभिन्न तीन वटा समितिसमेत गठन गरेको छ । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको नेतृत्वमा कानुन मस्यौदा समिति, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवको नेतृत्वमा भौतिक पूर्वाधार विकास सुझाव समिति र मुख्यमन्त्रीको कार्यालयका सचिवको नेतृत्वमा सुशासन तथा सदाचार प्रवद्र्धन समिति गठन गरेको हो । यी समितिले दिएको सुझाबको आधारमा सरकारले आफ्नो आगामी कार्यक्रम तय गर्नेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top