तेह्रथुम, फागुन १०
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा केन्द्रको विषयमा विवाद भएपछि आर्थिक वर्ष सकिन लाग्दासम्म पनि गाउँसभा भएको छैन । गाउँसभा हुन नसक्दा विकास निर्माण ढप्प भएको छ ।
जिल्लाका तत्कालीन मोराहाङ, श्रीजुङ र पौठाक गाविसलाई मिलाएर गठन भएको मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ बजार तोकिएको थियो । तर मोराहाङ बजार सबैलाई पायक पर्ने ठाउँमा नभएको भन्दै केन्द्र सार्ने या नसार्ने भन्ने विषयमा जनप्रतिनिधिबीचमै विवाद भएको हो ।
छ वडा रहेको गाउँपालिकामा दुई वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष एमालेले र चार वडाध्यक्ष र उपाध्यक्ष सहित बहुमत नेपाली काँग्रेसले जितेको छ । एमालेका प्रतिनिधि केन्द्र नसार्ने र काग्रेसका प्रतिनिधिहरुले केन्द्र सार्नेमा लागेका छन ।